सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गालीको वर्षापछि दुर्गेशले लेखे यति लामो स्टाटस,भन्छन् नाबालिकलाई सहयोग गरेका हौँ

गालीको वर्षापछि दुर्गेशले लेखे यति लामो स्टाटस,भन्छन् नाबालिकलाई सहयोग गरेका हौँ

5015
Shares
गालीको वर्षापछि दुर्गेशले लेखे यति लामो स्टाटस,भन्छन् नाबालिकलाई सहयोग गरेका हौँ

 

 

काठमाडौं, १८ फागुन: देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।

 

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्र ह रीलाई आदेश दिएको छ ।

 

तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

 

यसै क्रममा पलले आरोप लगाएका दुर्गेश थापाले पनि पलले लगाएको आरोपको खण्डन गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत बल्ल आफ्ना आरोपको खण्डन गर्दै घटनाको बारेमा खुलाएका छन् ।

 

उनले लेखेको सामाजिक संजालमा जस्ताको तस्तै :

नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको सम्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् । न

 

जिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन् । माया प्रेमको खोल ओढेर आफूमाथि शो’षण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कमजोर हुँदै गयो ।

बालिकाले धेरै पटक मुद्दा हाल्न कोसिस गरिन अरे, हामी सँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए । मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थ्यो रे । फेसबुकमा एउटा कुरा बालिकाले पिडामा लेखेर हालिन भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नु भएकै छ ।

१/२ महिना मिले जस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुद्धै हिँड्न पर्ने अवस्था भएछ ।पीडाले थि’चि’एकी बालिकाले म्यानेजर सँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे । पछि बालिकालाई विभिन्न बहानामा गा’ ‘ली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बे’इ’ज्जत गर्दिने जस्ता कुराहरू गर्ने र बालिकालाई गा ‘ली बे’इज्जत गरेर ह’यारे’स’मेन्ट गर्ने जस्ता कार्यहरू भएछन ।

सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन् । सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टु’टेको सम्बन्ध र समस्याबारे कुरा गर्न । कलिलो दिमागलाई शायद बिग्रँदो सम्बन्धले झन्झन् कमजोर बनायो । त्यसैले उनी लगभग डि’प्रेस’नमा पुगिन् ।

उदाउँदो भविष्य अन्धकार देख्न थालिन् । त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पि’डा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन् ।

 

शायद अभिभावक सोचेर होला किनकि म पल शाह जसले पिडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ । तर पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् ।

नाबालिकाको पि’डा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो । यही क्रममा मैले बालिकाले आफ्नै ज्या’न फा’ल्ने जस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ । जसले हामी बिचको राम्रो सम्बन्धमा झन् झन् द’रार आउन थाल्यो ।

मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ । हामीले गरेको छलफलमा बालिकाले आफ्नो पि’डा पनि सुनाएकी थिइन् । त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौ जुन कुरा सार्वजनिक भएको अडियो बाट हटाइ सुनियोजित बनाएका रहेछन् ।

अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ ।सार्वजनिक अडियो (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन ।अडियो मा पललाइ झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ त्यो मेरो आवाज नभै स्वयम पलका म्यानेजर कृष्ण जोशीको हो ।

त्यसपछि यो विषयमा म कहीँ कतै संलगन नरहेको सबैमा जानकारीका लागि अनुरोध छ ।भेटघाट कुनै षडयन्त्र गर्न होइन उनीहरू बिच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो ।

 

जुन अडियो सार्वजनिक भयो त्यो करिब करिब ७ महिना पहिलेको हो ।पीडित नाबालिकाको आरोप ग’म्भीर रहेकाले त्यो बारे बुझ्न पल सँग बुझ्न खोज्दा हामीलाई नै उनले दुस्मन ठाने । पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिका माथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ । उनलाई न्यायका लागि ल’ड्न आँट र भरोसा दियौँ ।

यसलाई उनले आफू विरुद्धको जालझेल सम्झे ।प्रहरीमा पल विरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडियो लाई सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो । जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्ता साफ गर्ने आशय राखियो ।

आफू विरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो । जबकि केही महिना अगाडी पलले आफ्नो म्यानेजर लाइ ह’टाएका थिए ।

 

सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन म्यानेजर बनाएर काममा राखियो । तपाईँहरू आफै बुद्धिजीवी हुनुहुन्छ आफै बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर !

ज्या’न समेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो । यस्ता विभिन्न हत कन्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो ।

हामी न्यायको पक्षमा छौँ । जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौ ।हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनु पर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौ ।तपाईँहरूले दिएको ता’लि र गा’ली सबै स्वीकार्य छ ।

 

https://www.facebook.com/durgeshthapaofficial/posts/517256839758683

 

 

 

5015
Shares

ट्रेन्डिङ