सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एमसीसीमा प्रचण्डको चलाखीपूर्ण निर्णयले ओलीको सपना चकनाचुर भयो: नेता लालध्वज

एमसीसीमा प्रचण्डको चलाखीपूर्ण निर्णयले ओलीको सपना चकनाचुर भयो: नेता लालध्वज

5395
Shares
एमसीसीमा प्रचण्डको चलाखीपूर्ण निर्णयले ओलीको सपना चकनाचुर भयो: नेता लालध्वज

 

 

काभ्रे : संविधान सभाका सदस्य एवं माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) ले प्रचण्डको चलाखीपूर्ण निर्णयले केपी ओलीको सपना चकनाचुर भएको दाबी गर्नुभएको छ ।

 

 

आज काभ्रेको चौरीदेउराली गाउँपालिकाको मादनकुँडारीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता दोङले भन्नुभयो ‘एमसीसीलाई देखाएर संविधान नै नरहने अवस्था सिर्जना गर्न खोजिएको थियो । त्यो माओवादीकै कारण अन्त्य भएको छ ।’

 

एमसीसीलाई देखाएर गठबन्धन फुटाउने, नेकपा (एकीकृत समाजवादी) का १४ जना सांसदको पद खोस्ने, सभामुखलाई महाअभियोग लगाउने र जनयु द्धको विषयमा थुप्रै माओवादी नेताहरूलाई जेल हाल्ने एमालेको उद्देश्य माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण चकनाचुर भएको नेता दोङको भनाई छ ।

 

देश माओवादीकै एजेण्टमा अघि बढेको उहाँको भनाई थियो । ‘संघीयता, धर्मनिरपेक्षता, आरक्षण, समावेशीता माओवादीकै मुद्दा हुन् । यसले समाजमा पछिपारिएका क्षेत्र, वर्ग, जाति र समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन सफलता प्राप्त भएको छ । अब यी मुद्दाबाट कुनै पनि दल अगल भएर अघि बढ्न सक्दैनन् । नेता दोङले भन्नुभयो ।’

 

 

5395
Shares

ट्रेन्डिङ