सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ज्येष्ठ पत्रकारलाई अब मासिक भत्ता, कसले कति पाउँछन्?

ज्येष्ठ पत्रकारलाई अब मासिक भत्ता, कसले कति पाउँछन्?

3440
Shares
ज्येष्ठ पत्रकारलाई अब मासिक भत्ता, कसले कति पाउँछन्?

 

 

काठमाडौं, १८ फागुन : सरकारले अब पत्रकारितामा लामो समय बिताएका ज्येष्ठ पत्रकारलाई भत्ता दिने भएको छ।

 

‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ निर्देशिका बनाउँदै सूचना तथा प्राविधि मन्त्रालयले ज्येष्ठ पत्रकारलाई भत्ता दिने निर्णय गरेको हो ।

 

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ज्येष्ठ पत्रकारलाई सरकारले भत्ता दिने निर्णय गरेको जानकारी दिएको हो ।

 

फागुन ११ गते मन्त्रालयको बैठकले अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजार रुपैयाँका दरले भत्ता पाउने भएका हुन् ।

 

पत्रकार महासंघले लामो समयदेखि ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउन माग गर्दै आएको थियो ।

 

 

3440
Shares

ट्रेन्डिङ