सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र उदघाटन

मण्डनदेउपुर नगरपालिकाको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र उदघाटन

2770
Shares
मण्डनदेउपुर नगरपालिकाको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र उदघाटन

 

 

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।

 

आधारभूत स्वास्थ्य केन्द्रको आज नगरप्रमुख टोक बहादुर वाईबाले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।

 

 

नगरप्रमुखमा निर्वाचित भएर आए लगत्तै शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राख्नु भएका नगरप्रमुख वाईबाले आफ्नो कार्यक्रम सकिँदै गर्दा स्वास्थ्य क्षेत्रमा पनि आक्रमण ढंगबाट सुधार गरिरहनुभएको छ ।

 

 

यसअघि पनि नगरपालिकाको वडा नम्बर ६ डुम्रेडाँडामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको थियो । त्यस्तै वडा नम्बर १२ मा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ र वडा नम्बर १ मा खोप केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चलनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

 

मण्डनदेउपुर नगरपालिकामा नगर प्राथमिक अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

 

 

2770
Shares

ट्रेन्डिङ