सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमाले काभ्रेका अध्यक्ष ब्याञ्जु काँग्रेसका यूवा नेता लिएर पुगे ओली निवास

एमाले काभ्रेका अध्यक्ष ब्याञ्जु काँग्रेसका यूवा नेता लिएर पुगे ओली निवास

10615
Shares
एमाले काभ्रेका अध्यक्ष ब्याञ्जु काँग्रेसका यूवा नेता लिएर पुगे ओली निवास

 

स्थानीय तहको चुनाव नजिकदै जाँदा काभ्रेमा पार्टी प्रवेश कार्यक्रमले निरन्तरता पाएको छ ।

 

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव मिति तय गरेको छ ।

 

निर्वाचन आयोगले पनि त्यहि अनुसारको तयारी अगाडी बढाउँदैैछ

 

चुनावी चहलपहलसंगै काभ्रेमा एमाले पार्टी प्रवेश कार्यक्रमले तिव्रता लिएको छ । आज काभ्रे काँग्रेसका यूवा नेताहरु आफै नेकपा एमाले केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका छन् ।

 

ओलीले काँग्रेस,माओवादी लगायत पार्टी छाडेर एमाले रोजेका १० जनालाई पार्टीमा स्वागत गरेका छन् ।

 

आज पार्टी प्रवेश गर्नेमा नेपाली काङ्ग्रेस काभ्रेका नेता एवं निर्माण ब्यबसायी संघ काभ्रेका पूर्वअध्यक्ष ज्ञानबहादुर लामा ,काङ्ग्रेसका युवा नेता एवं बर्गर हाउस सन्चालक कृष्ण लामा, नेपाली काङ्ग्रेस जनजाति महासङ्गका कोषाध्यक्ष ज्ञानु लामा छन् ।

 

त्यसैगरी माओवादी जिल्ला कमिटी सल्लाहकार माइला लामा लगाएत १० जना एमालेमा प्रबेश गरेका एमाले काभ्रे का अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

 

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर पार्टी प्रवेश गराएका एमाले काभ्रेका अध्यक्ष ब्याञ्जुले जानकारी दिए ।

 

 

10615
Shares

ट्रेन्डिङ