सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

6200
Shares
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

 

 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ ।

 

बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

 

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

 

अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

 

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

 

 

6200
Shares

ट्रेन्डिङ