सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको पुरानकोटमा भोलि आँखा शिविर हुँदै

सिन्धुपाल्चोकको पुरानकोटमा भोलि आँखा शिविर हुँदै

4885
Shares
सिन्धुपाल्चोकको पुरानकोटमा भोलि आँखा शिविर हुँदै
  • मालती श्रेष्ठ

 

सिन्धुपाल्चोक जिल्ला सुनकोशि गाँउपालीका वडा नं ३ पुरानकोट स्वास्थ्य ईकाईमा आँखा शिविर संचालनको तयारी पूरा भएको छ ।

 

सुनकोसी गाँउपालीका वडा नं ३ को समन्वय तथा तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र चौतारा सिन्धुपाल्चोकको प्राबिधिक सहयोगमा भोलि सनिवार पुरानकोट स्वास्थ्य केन्द्रमा निशुल्क आखा शिविर संचालन हुने भएको हो ।

 

पुरानो कोट स्वास्थ्य ईकाइ सुनकोसी गाँउपालीका ३ का अध्यक्ष तथा जिरे खुर्सानीका हस्यकलाकार देबि प्रशाद न्यौपाने को पहलमा शिविर संचालन हुने भएको हो । भोलि शनिवार बिहान १० बजे बाट सुरु हुने आँखा शिविर को उद्घाटन वडा अध्यक्ष रामहरि खड्काले गर्नु हुनेछ ।

 

साथै आउदो फाल्गुन २५ र २६ गते जिल्ला सामुदायिक आँखा केन्द्र चौतारामा तिलगंगा आँखा केन्द्र काठमाडौ का चिकित्सकहरुद्वारा मोतियाबिन्दुको उपचार गरिने पुरानकोट स्वास्थ्य ईकाइ अध्यक्ष देबि प्रशाद न्यौपानेले जानकारी दिनुभयो ।

 

 

4885
Shares

ट्रेन्डिङ