सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको बनेपा–पनौती सडक आज पनि अवरुद्ध

काभ्रेको बनेपा–पनौती सडक आज पनि अवरुद्ध

4565
Shares
काभ्रेको बनेपा–पनौती सडक आज पनि अवरुद्ध

 

 

काभ्रेको बनेपा–पनौती सडक आज पनि अ व रु द्ध पारिएको छ ।

 

धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अ ब रु द्ध पारेका हुन् । विहान ९ बजेदेखि सडक अ व रुद्ध गरिएको स्थानीय अनिरुद्र थापाले जानकारी दिनुभयो ।

 

स्थानीय हिजो पनि सडक अवरुद्ध पारेका थिए । तर इलाका प्र ह री कार्यालय बनेपाका इनिस्पेकटर राजन कोइलाले सम्बन्धित पक्षलाई बोलाएर छलफल गर्ने जनाएपछि अवरुद्ध सडक खुलाउन स्थानीय राजी भएका थिए ।

 

‘पिच गर्ने समयसहित स्थानीयसँग सम्बन्धित पक्षले सहमति नगरेसम्म सडक अ व रु द्ध गर्ने हाम्रो योजना थियो । इनिस्पेकटर कोइरालाले सडक अ व रु द्ध नगरौँ । सम्बन्धित पक्षसँग सहमति गराउने कुरापछि हिजोको अ व रो ध हटाएका थियौँ । थापाले भन्नुभयो ।’

 

थापाका अनुसार स्थानीयसँग सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अ व रुद्ध कायम रहनेछ । मकर मेला अघि पनौती–बनेपा सडक पिच थालेता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भने त्यत्तिकै छोडिएको छ ।

 

सडक पिच नहुँदा निकै समस्या परेको भन्दै स्थानीय धनेश्वरमा सडक अवरुद्ध पारेका थिए ।

 

 

4565
Shares

ट्रेन्डिङ