सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी काभ्रेमा सम्पन्न

गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी काभ्रेमा सम्पन्न

4275
Shares
गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी काभ्रेमा सम्पन्न

 

 

काभ्रे: तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

 

तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्व र रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम काभ्रेको भकुण्डेबेशीमा सम्पन्न भएको हो ।

 

कार्यक्रमको अवसरमा बोल्दै सभापति कुमार मोक्तानले तामाङ चलचित्र जगत्मा अतुलनिय योगदान पुर्याउनु भएको स्व र्गी य कलाकार जयनन्द लामालाई स्मरण गर्दै आगामी दिनमा संघले अवार्डको नाम स्थापित गरी जयनन्द अवार्डबाट सम्मानित गर्ने योजना रहेको बताउनुुभयो ।

 

चलचित्र जगत्को कलाकार र कलाकारको कलालाई जिवन्त राख्न संघले यो योजना राखेको बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि डि.वि. लामाले कला विनाको समाज अधुरो रहेको बताउदैे कला र कलाकारहरुको सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।

 

समाजमा रहेका विकृति, विसंगति हटाइ सचेत र समृद्ध समाजको निर्माणका निम्ति कला क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । कलाकारिता जति महत्वपूर्ण छ त्यतिकै मात्रामा अनुशासित हुन जरुरी रहेको बताउनुभयो । संस्थाले कुशल, असल कलाकार स्थापित गर्न र जातिको मौलिकता जगेर्ना गर्ने प्रमुख दायित्व रहेको बताउनु भयो ।

 

तामाङ चलचित्र संघ नेपालको आयोजना, चलचित्र विकास वोर्डको सह आयोजनामा तीन दिने गोष्ठीमा कला क्षेत्रमा आवद्ध कलाकारहरुलाई क्यामेरा, मेकअप र लाइट सम्बन्धी तालिम प्रदान गरिएको र आज समापन शत्रमा प्रमाण पत्र वितरण गरिएको संघका महासचिव सुनिता लुङ्वाले जानकारी दिनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङ संघको महासचिव प्रवीण बल, प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, वरिष्ठ कलाकार तथा नायक अमृत लामा, राष्ट्रिय संगीत कर्मी संघको अध्यक्ष विक्रम शाही लगायतका थुप्रै कलाकारहरुको उपस्थिति र वेजोड प्रस्तुती रहेको महासचिव सुनिता लुङ्वाले जानकारी दिनुभयो ।

 

 

4275
Shares

ट्रेन्डिङ