सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा

पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा

6210
Shares
पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा

 

 

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् ।

 

 

सामाजिक सञ्जालमा यु द्ध बानियासँगका रो मा न्टि क तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन् ।

 

जानकारहरुका अनुसार करिब एक वर्षदेखि पुजाले यु द्धसँगको प्रेमलाई यु द्धस्तरमा अगाढि बढाइरहेकी छन् । को रो नाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।

 

हेटौंडा निवासी व्यवसायी यु द्ध फिटनेसमा रुची राख्छन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ उनको । उनी यदाकदा मोडलिङमा पनि देखिने गरेका थिए ।

 

 

 

यु द्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग नजिक थिइन् पुजा । पुजा यु द्धसित लहसिन थालेपछि आकाशसँग उनको सम्वन्ध चिसियो । कुनै समयको निकै चर्चित यो जोडीका रुपमा रहेका उनीहरु आजकाल एक–अर्कासँग तर्किएर हिँड्छन् । आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग थियो । सुदर्शनले हालै अर्की युवतीसँग विवाह गरेका छन् ।

 

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।

 

तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै यु द्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूmलाई कठिन समयमा साथ दिएको भन्दै यु द्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

 

यतिबेला पल शाह प्र क रणलाई लिएर पुजा तीव्र विवादमा मुछिएकी छन् । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेपछि उनलाई केही नायिकाहरुले आफ्नो फ्रेन्ड लिस्टबाटै हटाएको चर्चासमेत छ ।

 

यस्तो बेला यु द्धले पनि पुजालाई बलियो साथ दिइरहेका छन् । उनी हेटौडामा म यस्तो गीत गाउँछु को प्रदर्शन हुँदा पुजासँग त्यहीँ पुगेका थिए ।यु द्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् ।

 

आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् । अन्ततः फ्यानहरुको कौतिहल उनले मेटाइदिएकी छन् । अबका दिनमा विभिन्न युट्यूव च्यानलमा पुजा र यु द्धको प्रेमापालसहितको अन्तरवार्ता सार्वजनिक हुन सक्छ ।

 

 

 

6210
Shares

ट्रेन्डिङ