सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कल्पना दाहाल र कार्साङ तामाङको “जिन्दगानी बगेको खोली हो” सार्बजनिक (भिडियो )

कल्पना दाहाल र कार्साङ तामाङको “जिन्दगानी बगेको खोली हो” सार्बजनिक (भिडियो )

6775
Shares
कल्पना दाहाल र कार्साङ तामाङको “जिन्दगानी बगेको खोली हो” सार्बजनिक (भिडियो )

 

चर्चित गायिका कल्पना दाहाल र कार्साङ तामाङको रमाईलो मौलिक दोहोरी एल्बम “जिन्दगानी बगेको खोली हो” बजारमा आएको छ।

 

कार्साङ तामाङको लय शब्द सृजनामा तयार भएको यस एल्बममा कल्पना दाहाल, कार्साङ तामाङ र रूपनारायण लामिछानेको सुमधुर आवाज सुन्न सकिन्छ।

 

कुमार लामीछानेको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोलाई दिनेश पराजुलीले छायांकन, माधव श्रेष्ठले नृत्य निर्देशन र उत्तर राना मगरले सम्पादन गरेका छन् ।

 

सामाजिक सञ्जाल टिकटक मार्फत आफ्नो उत्कृष्ट नृत्यकला प्रदर्शन गर्दै अत्यधिक दर्शकको मन जित्न सफल जोडी गणेश लामा, सीता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको छ।

 

गायक तथा सर्जक कार्साङ तामाङको सिन्धु मेलम्ची हाम्रो गाँउ, धोका दियौं किन, जान पाइन घरमा जस्ता उत्कृष्ट सिर्जनाहरू यस अघि पनि बजारमा आइसकेका छन । यस एल्बमको अडियो भिडियो कार्साङ तामाङ अफिसियल युटुब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

 

 

6775
Shares

ट्रेन्डिङ