सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको रोशीमा अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

काभ्रेको रोशीमा अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

4100
Shares
काभ्रेको रोशीमा अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

 

 

काभ्रे : रोशी गाउँपालिका महिला बालबालिका शाखाको आयोजना र ईलाका प्रहरी कार्यालय मंगलटारको सहयोगमा रोशीमा भव्यताका साथ ११२ औँ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।

 

“सामाजिक न्याय र समानता, दीगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथमा उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सभापति तथा रोशी गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले रोशी गाउँपालिका मार्फत महिलाहरुको सीप विकास गरी रोजगार उन्मुख गराउन पालिकाले गरिएको ढाका बुनाई, तरकारी खेती, पशुपालन जस्ता अन्य थुुपै्र कार्यक्रम लागू गराई महिलाहरुको आर्थिक विकासको निम्ति पालिकाले सहयोग गरेको बताइन्।

 

लैं गि क हिं सा न्यूनिकरणका निम्ति न्यायिक समिति मार्फत पहल गरी लैंगिक समानता कायम गराउन आफू लगायत पालिकाले कार्य गर्दै आएको पनि जानकारी दिइन् ।

कार्यक्रमको प्रमुख अतिथि तथा रोशी गाउँपालिका प्रमुख डि. वि. लामाले “रोशीको महिला हरेक क्षेत्रमा पहिला” भन्ने मूल नारालाई सार्थकता दिन रोशीका महिला दिदी बहिनीहरु अगाडि बढ्न अनुरोध गरेका छन।

 

संविधानले अधिकार दिएर मात्र होइन अधिकारको उपभोग तर्फ उन्मुख हुनको निम्ति अनुरोध गर्दै आफूलाई जन्म दिने महान आमाको स्मरण गर्दै हरेक आमा र दिदी बहिनीहरु लगायत सम्पूर्णमा महिला दिवसको शुभमकामना व्यक्त गरका छन ।

 

त्यसैगरी, विशिष्ट अतिथि तथा रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले कार्यविधि कानुन र सारवान कानुनहरु समेत बनिसकेको सन्दर्भमा हाम्रो राष्ट्रको उच्च पदमा महिला नै रहेको र तीनै तहको सरकारमा महिलाहरुको सहभागिता उल्लेख्य रहेकोमा यसलाई स्थायीत्व र दीगोपना दिन सम्पूर्ण पक्षको दायित्व रहेको बताए ।

 

ईलाका प्रहरी कार्यालय मंगलटारका प्र ह री निरीक्षक शेखर खड्काले लैं गि क हिं साका घ ट नाहरुको न्यूनिकरण तथा सामाजिक अपराधका कृयाकलापलाई न्यूनिकरण गर्न प्र ह री टिम अहोरात्र खटिरहेको जानकारी गराए ।

 

अ प रा ध मुक्त समाज निर्मांणको निम्ति सम्पूर्ण नागरिकहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताएका छन् । कार्यक्रममा रोशी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पोष्टराज गौतम, वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामा गाउँ सभा सदस्य ज्ञानी लामा लगायत वडा नम्बर १ देखि १२ सम्मका महिला दिदी बहिनी, विभिन्न विद्यालयका छात्राहरु, शिक्षकहरुको सहभागिता रहेको रोशी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिए ।

 

 

4100
Shares

ट्रेन्डिङ