सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काँग्रेस चुनाव प्रचार अभियान :गणेश लामा मनाङ र मधु आचार्य तनहुँमा खटिने

काँग्रेस चुनाव प्रचार अभियान :गणेश लामा मनाङ र मधु आचार्य तनहुँमा खटिने

7560
Shares
काँग्रेस चुनाव प्रचार अभियान :गणेश लामा मनाङ र मधु आचार्य तनहुँमा खटिने

 

नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको छ ।

जसमा काभ्रेका नेता एवं केन्द्रिय सदस्य गणेश लामा मनाङ जिल्लाको चुनावी प्रचारमा खटिनुपर्ने भएको छ । त्यस्तै काभ्रेकै अर्का केन्द्रिय सदस्य मधु आचार्यलाई तनहुँ जिल्लाका लागि खटाइएको छ ।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको हो ।

 

7560
Shares

ट्रेन्डिङ