सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • “नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

“नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

4900
Shares
“नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

 

“नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत स्थित डाँडागाउमा एक कार्यक्रम को आयोजना गरि दिवस मनाइएको हो ।

कार्यक्रममा महिनावारी र महिला हिं सावि रु द्ध सचेतनामूलक जानकारी सहित महिलाहरुलाई सेनिटरी प्याड, शैक्षिक सामग्री वितरण गरिएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक राम कुमारी श्रेष्ठ, लेडि जेसिस प्रतिनिधि सुमित्रा श्रेष्ठ, समाजसेवी रोशन श्रेष्ठ, वडा अध्यक्ष विष्णु धिताल लगायत अन्य सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

“नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेका अध्यक्ष दिपक खत्रीको सभापतित्वमा भएको कार्यक्रम काभ्रे महिला उद्यमी मञ्च, लियो क्लब अफ बनेपा, क्रीयटिभ ब्युटि, सौन्दर्य कला व्यवसायी संघ नेपाल काभ्रेपलान्चोक, रोटरी क्लब अफ काभ्रे भ्याली लगायतको सहयोगमा “नयाँ युवा नयाँ सोच समाज नेपाल” काभ्रेले आयोजना गरेको हो ।

 

“सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता “ भन्ने नारासहित ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मंगलबार देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको थियो ।

 

4900
Shares

ट्रेन्डिङ