सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंक पनौतीद्धारा वित्तीय साक्षरता

सेञ्चुरी बैंक पनौतीद्धारा वित्तीय साक्षरता

7270
Shares
सेञ्चुरी बैंक पनौतीद्धारा वित्तीय साक्षरता

 

काभ्रे : सेञ्चुरी कमर्सियल बैंक पनौती शाखाले श्री प्राणनाथ माईती बृद्ध आश्रम पनौतीलाई तातो चिसो पानी आउने मेसिन र सरसफाइको लागि भ्याकुम क्लिनर वितरण गरेको छ ।

 

बैंकको ११ औं स्थापना दिवसको अवसरमा पनौती शाखाका प्रबन्धक नवीन माकजूले बृद्ध आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

 

उहाँका अनुसार बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बृद्धाश्रमलाई उक्त सामग्री सहयोग गरेको हो । उक्त कार्यक्रममा बनेपा शाखाका प्रबन्धक अनिश थापा, धुलिखेल शाखाका प्रवन्धक हरिकृष्ण दाहाल, पनौती शाखाका कर्जा प्रमुख विजेन्द्र पोटे लगायतको उपस्थिती रहेको थियो । उक्त आश्रममा एक दर्जन बढी बृद्धबृद्धा रहेका छन ।

बृद्ध आश्रमका अध्यक्ष तिमल्सिनाले बैंकले आश्रमलाई अति आवश्यक सामग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । पनौती शाखाले स्थापना दिवस कै अवसरमा काभ्रे उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सञ्चालन गरेको थियो ।

 

पनौती शाखाका प्रबन्धक नवीन माकजूले ब्यस्थापन संकाय १०+२ तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय ब्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा विद्यार्थी, कर्मचारीहरु ९० जनाको उपस्थिती रहेको थियो । सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

 

बैंकको कुल शाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २६ वटा शाखा रहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

 

7270
Shares

ट्रेन्डिङ