सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल अस्पतालमा बालिका मृ त्यु प्र करण : सहमतिपछि मृ तकका परिवारले श व बुझे

धुलिखेल अस्पतालमा बालिका मृ त्यु प्र करण : सहमतिपछि मृ तकका परिवारले श व बुझे

11480
Shares
धुलिखेल अस्पतालमा बालिका मृ त्यु  प्र करण : सहमतिपछि मृ तकका परिवारले श व बुझे

 

 

काभ्रे स्थित धुलिखेल अस्पतालमा दुई बर्षिया बालिकाको मृ त्यु भएको घ ट नाको छानविन हुने भएको छ ।

 

हिजो बनेपा नगरपालिका ८ की दुई बर्षिया आरसु काफ्लेकोे मृ त्यु भएपछि आफन्तले अस्तपतालको लापरबाहीले मृ त्यु भएको बताएका थिए । परिवारले अस्पताललाई आरोप लगाएपछि अस्पताल र जिल्ला प्रशासन परिसरको अवस्था दिनैभर त ना ब ग्र स्त भएको थियो ।

 

अस्पताल प्रशासनसहित जिल्ला प्रशासन र प्र ह री कार्यालय काभ्रेमा परिवारले घ ट ना काबारेमा छलफल गरेका थिए । परिवार र प्रशासनबिच तीनबुँदे सहमती भएपछि परिवारले श व बुझेका छन् ।

 

परिवारले आजै बालिकाको अन्तिम दा ह संस्कार गरेका छन् । परिवार र प्रशासनबिच भएको सहमतिमा अस्पतालको लापरबाहीले घ ट ना भए नभएको विषयमा छानबिन गर्न समिति गठन गर्ने भनिएको छ ।

 

छानविन समितिको प्रतिवेदन प्राप्त नहुन्जेल उपचारमा संलग्न डा.अनिश जोशीलाई अस्पतालका काम कारबाहीमा रोक लगाउने समेत सहमती भएको छ ।

यसैबिच अस्पतालले ती बालिकाको उपचारमा खटिएका डा.अनिश जोशीलाई अस्पतालको काम कारवाहीमा संलग्न नहुन निर्देशन दिएको अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकाजुले जानकारी दिए ।

 

त्यसैगरि अस्पताल प्रशासन र परिवारबिच परिवारले सिफारीस गरेका १२ जनाको निशुल्क उपचार गर्ने सहमति भएको छ ।

 

मृ त क आरशु काफ्लेको नाममा उपचारकोष स्थापना गर्ने र सोको लागि परिवारले सिफारिस गरेका विपन्न नागरिकलाई वर्षको १२ जनालाई निशुल्क औषधी उपचार परिवारले गर्ने सहमति भएको छ ।

 

 

11480
Shares

ट्रेन्डिङ