सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देशभर तापक्रम बढ्दाे, हो शि या री अपनाउन आग्रह

देशभर तापक्रम बढ्दाे, हो शि या री अपनाउन आग्रह

9760
Shares
देशभर तापक्रम बढ्दाे, हो शि या री अपनाउन आग्रह

 

देशको पहाडी भू–भागमा आंशिक बदली भएकाले आज बिहान अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अरु ठाउँमा दिउँसो मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।

 

नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदकाे भनाइ छ । महाशाखाले जारी गरेको बिहानी बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । राति पनि मौसमको अवस्था यस्तै रहने बुलेटिनमा उल्लेख छ ।

 

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा एक वा दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।

 

बुधबार राति पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको बुलेटिनअनुसार बिहीबार दिउँसो तथा राति देशभर मौसम सामान्यतया सफा रहने छ ।

 

यसैबीच अहिले देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुने असरबाट बच्न मौसम महाशाखाले सुझाव दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

 

9760
Shares

ट्रेन्डिङ