सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • छिटो पासपोर्ट बनाइदिने भन्दै सेवाग्राही ठग्ने काभ्रेका सन्दीप सहित १२ जना प क्रा उ

छिटो पासपोर्ट बनाइदिने भन्दै सेवाग्राही ठग्ने काभ्रेका सन्दीप सहित १२ जना प क्रा उ

10565
Shares
छिटो पासपोर्ट बनाइदिने भन्दै सेवाग्राही ठग्ने काभ्रेका सन्दीप सहित १२ जना प क्रा उ

 

छिटो राहदानी (पासपोर्ट) बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना प क्रा उ परेका छन् ।

राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै रकम लिइरहेको सूचना पाएपछि महानगरीय प्र ह री परिसर टेकुबाट खटिएको टोलीले काभ्रेका एकसहित १२ जनालाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा काभ्रेका सन्दीप मैनाली,रामेछापका रिठे मगर सिन्धुलीका अभिषेक मगर, पाल्पाका जीवनकुमार श्रेष्ठ,रोल्पाको माडीका अमृत थापा र प्रज्वल खड्का, बाग्लुङका रञ्जित कार्की, म्याग्दीका रामजी परियार, ललितपुरका गोमा बजगाइँ र रमेश बजगाइँ, दैलेखका निरञ्जन तिवारी र धादिङका मदन तामाङ रहेका छन् ।

उनीहरूले प्रहरी चारित्रिक प्रमाणपत्र, कोरोनाविरुद्धको खोप लगाएको कार्ड र विद्युतीय राहदानी फारममा नक्कली सरकारी छाप बनाएर किर्ते गरेको प्र ह रीले जनाएको छ ।

राहदानीको कामलाई सरकारले व्यवस्थित र छिटो छरितो गर्न नसक्दा दैनिक हजारौँले सास्ती भोग्दै आएका छन् । सरकारी कमजोरीको फाइदा उठाउँदै ठगहरू स क्रि य भएका हुन् ।

10565
Shares

ट्रेन्डिङ