सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भुग्देउमा विद्यालय र वडा भवनको उद्घाटन

भुग्देउमा विद्यालय र वडा भवनको उद्घाटन

7425
Shares
भुग्देउमा विद्यालय र वडा भवनको उद्घाटन

काभ्रे : बेथाचोक गाउँपालिका वडा नं. ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । एशियाली विकास बैंकको सहयोगमा बनेको उक्त भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उद्घाटन गर्नु भयो ।

८ करोडमाको लागतमा बनेको सविधासम्पन्न विद्यालय भवनमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव लगायतका २२ कोठाको संरचना रहेको छ । सोही अवसरमा अध्यक्ष तिमल्सिनाले वडा नं. ६ को वडा कार्यालयको पनि उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै उहाँले संघीयता बलियो बनाउन वडालाई शक्तिशाली बनाउनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष तिमल्सिनाले अप्रत्यक्ष रुपमा संघ सरकार र स्थानीय सरकार मात्र भए पुग्ने बताउँदै वडा शक्तिशाली बने संघीयताको सही ढंगले कार्यान्वयन हुने असली रुपमा सिंहदरवार घर घर आइपुग्ने दावी गर्नु भयो ।

भुग्देउ सिउरानी टोडके जोडने सडक बनेसँग त्यस भेगका जनताले व्यहोर्दै आएको सास्ती कम भएको बताउँदै उहाँले भन्नुभयो “मेरो बाँकी जीवन गाउँपाािलकाकै वृहत्तर हितमा लगाउने छु, मलाई कुनै लोभ मोह छैन् ।

एक अर्को प्रसंगमा आफूहरुले राम्रो, पारदर्शी र इमान्दारीपूर्वक राम्रो काम गरिरहेको र वडा नं. ६ को वडाध्यक्षमा थप इमान्दारिता पाएकोले विकास निर्माणका कामले तीव्रता पाएको बताउनु भयो ।

वडा नं. ६ मा रहेको खानेपानीको समस्या छिट्टै हटाएर एक घर एक धाराको अवधारणा अनुरुप जनताको सपना विपनामा परिणत हुने समय टाढा नरहेको उहाँको भनाई छ ।

वडामा छिट्टै एम्बुलेन्स पनि आउने बताउँदै उहाँले गाउँमै रहेको स्वास्थ्य चौकीमा सम्भव नभएको उपचारका लागि सहर पुग्न हुुने एम्बुलेन्स अभाव नहुने उहाले बताउनु भयो ।

विकास निर्माणका क्षेत्रमा बेथानचोक गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा धेरै काम गरेको र पाँच वर्षको समयमा जात, धर्म, लिङ्ग र भेगीय आधारमा विभेद नगरेको उहाँको भनाई छ । वडा भवन बनेसँगै वडामा हुने कार्यसम्पादनमा सहजता आउने, सही व्यवस्थापन हुने उहाँका भनाई थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्की, विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन लामा, स्थानीय समाजसेवी कुमार गोले, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रामप्रसाद भट्टर्राइलगायतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, वडा नं. २ का वडा अध्यक्ष भगवान घिमिरे, ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं. २ का सदस्य रामप्रसाद अधिकारी, एडिबिका इन्जिनियर बाबुराम देवकोटा, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई, विभिन्न दलका स्थानीय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्क्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई बिशेष सम्मान गरिएको थियो ।

वडा अध्यक्ष विष्णुबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव सानुकाजी थापाले स्वागत मन्तव्य र शिक्षकद्वय सिद्धार्थ थापा र शोभा गोलेले सञ्चालन गर्नु भएको थियो ।

7425
Shares

ट्रेन्डिङ