सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मण्डनदेउपुर आधारभूत अस्पतालको उदघाटन

मण्डनदेउपुर आधारभूत अस्पतालको उदघाटन

5000
Shares
मण्डनदेउपुर आधारभूत अस्पतालको उदघाटन

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा निर्माण गरिएको आधारभुत अस्पतालको उदघाटन गरिएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अस्पतालको आज उदघाटन गर्नु भएको हो । अस्पताल उदघाटन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा विशेष अथितीका रुपमा सहभागि हुनुहुन्छ । त्यस्तै बागमती प्रदेश सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाईबा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागि हुनुहुन्छ ।

यो अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको हो । अस्पताल निर्माणका लागि काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।

अस्पताल वडा नम्बर ७ को नौबिसेमा निर्माण गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि मण्डनदेउपुर नगरपालिकाका नागरिकले सजिलै डाक्टर सहितको सेवा पाउनेछ । सेवा लिन टाढा जान नसक्ने ब्यक्ति र आर्थिक अवस्था कम भएका घरपरिवारका लागि यो अस्पताल निकै प्रभावकारी हुनेछ ।

बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना निर्माण गरिएको हो । यो अस्पतालमा ५ वटा वेड, ल्याब, एक्स रे, बर्थिङ केन्द्र, फार्मेसी लगायतका सुविधा रहने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि एक्स रेका लागि पाँचखाल, धुलिखेल, बनेपा धाउनु पर्ने छैन् । प्रयोगशालाको काम यहि अस्पतालमा हुनेछ । नेपाल सरकारले तोकेका सबै निःशुल्क औषधी त्यहि अस्पतालबाट उपलब्ध गराइनेछ ।

जटिलता युक्त प्रसूति समेत गराउने जनशक्ति यहि अस्पतालमा रहनेछन् । नगरपालिकाले स्वास्थ्य बिमाको प्राथमिक उपचार सबै यहि अस्पतालबाट गर्ने र थप उपचारका लागि मात्रै धुलिखेल अस्पताल पठाउने योजना बनाइरहेको छ ।

नगरपालिकाले अर्को थप १५ बडेको अस्पताल त्यहि ठाउँमा बनाउँदैछ । जसको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम धमाधम भइरहेको छ । बिना कुनै पूर्वाधार घोषणा गरिएको नगरपालिकामा निर्वाचित नगरप्रमुख टोक बहादुर वाइबाको कुशल नेतृत्वले नगरपालिकामा स्वास्थ्य क्षेत्रको पनि जग मजबुद बनेको हो ।

शिक्षा क्षेत्रमा क्रान्ति गरेको नगरपालिकाले स्वास्थ्यमा त्यो भन्दा ठूलो छलाङ मारेको छ । सम्भवतः राज्य पुनःसंरचनापछि काभ्रे जिल्लामा बनेका स्थानीय तहहरु मध्ये पहिलो अस्पताल मण्डनदेउपुर नगरपालिकाले निर्माण पुरा गरेको हो ।

 

5000
Shares

ट्रेन्डिङ