सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • तेमालको विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गर्छ : देउवा

तेमालको विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गर्छ : देउवा

7840
Shares
तेमालको विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गर्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेको तेमाल गाउँपालिकाले नमूना काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

आज काभ्रको तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै काँग्रेसका सभापति समेत रहेका देउवाले शुसासनको क्षेत्रमा पालिकाले राम्रो काम गरेको सूचना आफूले पाएको बताए । सिमीत स्रोत र साधनका बाबजुद पनि पालिकाले गरेको काम प्रसंसनिय रहेको बताए ।

जिल्लाका अरु पालिका भन्दा तेमाल पछाडि परेको देखिएपनि कृषि,पशुपालन लगाएत क्षेत्रबाट राम्रो आम्दानी गर्नसक्ने सम्भावना रहेको उनको भनाई छ ।

तेमाल गाउँपालिकाको विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले जनताको काम छिटो र पारदर्शी तरिकाले गर्न आग्रह समेत गरका छन् ।

उनले स्थानीय तहको चुनाव तोकिएकै समयमै हुने भन्दै तयारीमा जुट्न उनले आग्रह समेत गरेका छन् ।

7840
Shares

ट्रेन्डिङ