सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रोशी गाउपालिकाबासीको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक सम्पन्न

रोशी गाउपालिकाबासीको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक सम्पन्न

4235
Shares
रोशी गाउपालिकाबासीको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक सम्पन्न

काभ्रेको रोशी गाउपालिकाबासीको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक कार्यक्रम सम्पन्न भएको छ । कार्यबहाक प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौड्यालयको सभाअध्यक्षतामा सम्पन्न भएको कायृक्रममा रोशी गाउपालिकाका नागरिकको साना देखिने तर प्रत्यक्ष स्थानिय सरकारसंग सरोकार राख्ने विषयमा छलफल भएको सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहदुर दनुवारले जानकारी दिए ।

 

कार्यक्रममा स्वच्छ पिउने पानी व्यवस्थाको लागी विद्यालय मुहान तथा विद्यार्थी र सर्वसाधारणले दैनिक उपभोग गर्ने खानेपानीको स्वच्छता परिक्षण गर्ने, विद्यालयमा वितरण गरिने स्यानेटरी प्याड डिस्पोजल ट्रयांक निमार्ण गर्ने,घरेलु मदिरा व्यवस्थापन विषयमा उत्पादक, विक्रेता, र उपयोगकर्तालाई राजश्व्को दायरामा ल्याउनु कानुनी विधि स्थानिय सरकार मार्फत निमार्ण गर्ने लगायतका विषयमा छलफल भएको छ ।

त्यस्तै जंगली जनावरबाट हुने बालि नालि क्षतिको विषयमा बालि विमा को लागी कृषक तथा स्थानिय सरकारको साझेदारीमा रोशी गाउपालिकामा कार्यान्वयन गर्ने को साथै बर्तमान अभ्यासमा रहेको बादर तथा जंगली जनावर धपाउने बन्दुक सम्भव रहे सम्म बस्ति पहिचान गरेर वितरण कार्यलाई उच्च प्राथमिकतामा राख्ने, स्थानिय सरकारलाई चुस्तता गराउनको लागी सामाजिक परिक्षण सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई सहित लैंगिक समावेशी करण विषयक र भ्रष्टाचार नियन्त्रण विषयक रणनैतिक निति विषयमा ड्राफ माथि स्थानिय सरकार जनप्रतिनिधि सरोकारवाल सहित रहेर कार्यपालिकाबाट आगामी बैठकमा परामर्श सल्लाह सुझाव साथ पारित गर्ने विषयमा छलफल भएको थियो ।

कर्यक्रममा रोशी गाउपालिकालाई बिकेन्द्रित शासन प्रणाली अन्र्तगतको गाउँ गाउँमा ंिसंहदरबार अनुभुत गराउन सदैव रोशी गाउपालिका रहेको विषयमा र विषय बस्तुमा केन्द्रित रहेको गाउँपालिका कार्यबहाक प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौडेलले जानकारी गराएकी थिइन् ।

त्यस्तै प्रशासन प्रमुख, धनविर लामा तथा वडा नं..११ का वडा अध्यक्षा मिलन लामाले कार्य व्यस्तता र कामको चापमा अनुपस्थित रहनु हुने कार्यपालिका सदस्यहरुलाई समेत बैठकको साझा विषयमा जानकारी गराई तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

बैठक कार्यक्रम सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहदुर दनुवारले सहजिकरण गरेका थिए । रोशी गाउँपालिकाको असल अभ्यासको नितिगत रुपमा कार्यान्वयन र राष्ट्रिय रुपमा सूचना संप्रेषण गर्नको लागी दायित्व नेपालको फेलोसिप रोजन तामाङले रोशी गाउँपालिका संगै कार्यकालमा हातेमालो गरि अगाडी बढि सम्बृद्ध रोशी निमार्ण गर्न सकिनेबताए ।

 

4235
Shares

ट्रेन्डिङ