सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन जना पक्राउ

विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन जना पक्राउ

7915
Shares
विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

चेक अनादर मुद्दामा २ जना तथा सवारी अंगभंगमा मुद्दामा फरार रहेका १ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं २ का विष्णु भन्ने पुर्णप्रसाद घिमिरे र बनेपा नगरपालिका वडा नं २ का ५० वर्षीय तेजप्रसाद घिमिरे रहेका छन्।

उनीहरुद्धय चेक अनादर मुद्दामा फरार थिए । जिल्ला अदालत काभ्रेको फैसला पछी फरार रहेका उनीहरुलाई १ वर्ष पछी आज जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी हरि खतिवडाले जानकारी दिए ।

यस्तै, काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ का सोमलाल श्रेष्ठलाई पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ। उनी सवारी अंगभंगमा मुद्दाका फरार प्रतिवादी हुन् ।

सवारी अंगभंग मुद्दामा अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई यहि चैत ७ गते पाँचखालबाट पक्राउ गरिएको डिएसपी हरि खतिवडाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको छ।

 

7915
Shares

ट्रेन्डिङ