सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको जागृति विद्यालयको विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

काभ्रेको जागृति विद्यालयको विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

3610
Shares
काभ्रेको जागृति विद्यालयको विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

काभ्रे : बनेपा नगरपालिका १४ स्थित आशापुरेश्वर काभ्रेपलाञ्चोकमा रहेको जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुर्याउने उदेश्यका साथ शिक्षित बनौ अभियान नेपाल ( Be Educated Movement Nepal) ले विद्यार्थीहरू लाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।

सोमबार एक कार्यक्रम विच संस्थाका अध्यक्ष अशोकचन्द्र धुजु श्रेष्ठले विद्यालयका ८५ जना विद्यार्थीहरु लाई स्टेसनरी सामग्री वितरण गरेका थिए । बनेपा नगरपालिका भित्रको विद्यालय भएपनि बत्ती मुनिको अँध्यारोको रूपमा रहेको आशापुरेश्वर क्षेत्रका विद्यार्थीहरू लाई र विद्यालय लाई संस्थाले केही वर्ष अगाडि देखिनै सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजु बस्नेतले बताए ।

संस्थाले विद्यालयमा पुस्तकालय पनि स्थापना गरेको छ । विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार यस क्षेत्रमा प्राय: तामाङ बस्ती रहेको छ । सहरी क्षेत्र बाट नजिकै रहेपनि यस क्षेत्रमा शिक्षा क्षेत्रमा साथै विभिन्न विकासका पूर्वाधारका योजनाहरू नपर्दा समस्या उत्पन्न भएको छ ।

घण्टौं समय लगाएर हिँडेर विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्न आउने भए पनि उनीहरूको घरको आर्थिक अवस्था नाजुक भएका कारण बिधार्थीहरुले पढाई छाड्ने गरेको विद्यालयका प्रधानाध्यापक बस्नेतले गुनासो व्यक्त गरे ।

आशापुरी महादेव मन्दिर नजिकै रहेको विद्यालयमा बनेपा नगरपालिका आशापुरेश्वर क्षेत्रका विद्यार्थीका साथै सूर्यविनायक नगरपालिका काक्राबारी क्षेत्रबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ ।

स्टेसनरी सामग्री वितरण कार्यक्रममा संस्थाका अध्यक्ष अशोक चन्द्र धुजू श्रेष्ठ, कार्यक्रम संयोजक रामचन्द्र रञ्जित, विद्यालयका प्रधानाध्यापक राजु बस्नेत, अविभावक, शिक्षक र विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई नयाँ शैक्षिक बाट ड्रेस र ट्र्याक सुट वितरण गर्न लागेको बताएका थिए । कार्यक्रममा संस्थालाई विद्यालयको तर्फबाट प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुरेन्द्रराज खरेलले गरेका थिए ।

 

3610
Shares

ट्रेन्डिङ