सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रेका नेता हुमागाईं र बडाल कांग्रेस प्रवेश

एमाले काभ्रेका नेता हुमागाईं र बडाल कांग्रेस प्रवेश

51465
Shares
एमाले काभ्रेका नेता हुमागाईं र बडाल कांग्रेस प्रवेश

नेकपा एमाले काभ्रेका नेता रामकृष्ण हुमागाई र पुर्व गाविस अध्यक्ष साधुराम बडाल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

हुमागाई र बडाल सहितका १ सय ७० जना विभिन्न पार्टीका नेताहरू आज बिहान धुलिखेलको एक होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतको हात बाट टिका र खादा लगाएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा एमाले काभ्रेका नेता रामकृष्ण हुमागाई, पुर्व गाविस अध्यक्ष साधुराम बडाल, पुर्ब काभ्रे गाविस उपाध्यक्ष बिष्णु बहादुर बस्नेत, समाजसेवि तथा बुद्दिजीवि माधबमणि हुमागाईं, धुलिखेल नगरपालिका वडा नम्बर ९ का निर्वाचित वडा सदस्य तथा संगठित सदस्य नेकपा एमालेका उपेन्द्र हुमागाईं, नेकपा नगर कार्य समितिका अर्जुन बहादुर भुजेल, राम कृष्ण भुजेल र धनजय हुमागाईं लगाएत छन् ।

नेपाली कांग्रेस नगर कार्य समिति धुलिखेलले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, नेपाली कांग्रेसको बागमती प्रदेशका महामन्त्रीमा कन्चनचन्द्र बादे, नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएतको उपस्थिति रहेको थियो।

51465
Shares

ट्रेन्डिङ