सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

3495
Shares
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, १० चैत : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

3495
Shares

ट्रेन्डिङ