काभ्रेमा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । सडक बनाउने क्रममा पहिरो खस्दा डोजर चालकसहित २ जना घाइते भएका हुन् । जिल्लाको खानीखोला गाउँपालिका ४ जगथली पाखास्थित नयाँ बाटो खोल्ने क्रममा आज पहिरो झर्दा दुई जना घाइते भएका हुन् ।
पहिरोले डोजर (जेसीबी) पुरिएको र चालक उदयपुरका २३ वर्षीय मनिषराज गुर्जामगर र काभ्रे खानीखोला ४ बस्ने ४५ वर्षीय ज्ञानबहादुर स्याङ्तान घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तालढुंगाका अनुसार जगथलीमा बाटो खन्ने क्रममा बा ३ क ४३२३ नम्बरको जेसीबीसँगै सुख्खा पहिरोमा पुरिएर घाइते भएकाहरुलाई उद्धार गरी मकवानपुर चुरेहिल अस्पताल पठाएको छ ।