सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आफ्नै साथीको लाखौँ चोरेर मलेसियामा एक नेपाली फरार

आफ्नै साथीको लाखौँ चोरेर मलेसियामा एक नेपाली फरार

6165
Shares
आफ्नै साथीको लाखौँ चोरेर मलेसियामा एक नेपाली फरार

खोटाङ हलेसिका बिशाल बुढाथोकी ७ बर्ष अघि मलेसिया पुगे परिवारको कमजोर आर्थिक अबस्थाको कारण अहिले पनि मलेसियाको पेनाङमा रहेको सिलटेक टेक्नोलोजी नामक कंम्पनीमा काम गर्दै आएका छन् ।

उनले दुखको साथ कमाएको पैसा जम्मा गरेर महिना दिनअघि घर पठाउने तयारी गर्दै थिए तर संगै बस्ने एउटै कंम्पनीमा काम गर्ने अर्को साथीले उनी सहित अन्य र्दुइ जनाको पैसा चोरेर भागेपछि अहिले उनीहरु मलेसियन प्रहरीको शरणमा पुगेका छन् ।

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका २ भकुण्डेबेशी घर भएका सिद्धिमान तामाङले उनको मात्रै सत्र हजार आरएम नेपाली रुपैँया लगभग ५ लाख चोरी गरी फरार भएका छन् ।

बुढाथोकी जस्तै ३ बर्ष अघि बागलुङ्गको बडीगाढ गाउँपालिका ६ धारखर्क घर भएका बाबुराम खत्री र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका १ बासखर्क घर भएका श्याम तामाङ ५ बर्ष अघि मेलेसिय पुगेका थिए ।

एउटै कोठामा संगै खाने बस्ने साथीले यसरी धोका दिन्छ भनेर कल्पना समेत नगरेको श्याम सुनाउँछन् । उनीहरु दुई जनाको गरी पन्ध्र हजार आरएम नेपाली रुपैयाँ करिब ४ लाख सिद्धिमानले दराज फुटालेर चोरी गरी भागेका छन् । घटनापछि फरार भएका सिद्धिमानलाई मलेसियन प्रहरीले खोजी गरिरहेको भएपनि अहिले सम्म फेला पार्न नसकिएको श्यामले बताएका छन् ।

 

6165
Shares

ट्रेन्डिङ