सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बसको ठक्करबाट एमालेका नेता तिमिल्सिनाको मृत्यु

बसको ठक्करबाट एमालेका नेता तिमिल्सिनाको मृत्यु

9040
Shares
बसको ठक्करबाट एमालेका नेता तिमिल्सिनाको मृत्यु

भक्तपुर : बसले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरको सल्लाघारीमा चाँगुनारायणका रमेश तिमिल्सिनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ का उनी नेकपा (एमाले)का स्थानीय नेतासमेत हुन्।

प्रहरीका अनुसार शुक्रवार राति ८ बजे भक्तपुरको सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको हेलम्बु यातायतको बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबँट तिमिल्सिना गम्भीर घाईते भएका थिए।

घाइते तिमिल्सिनाको डाक्टर इवामुरा अस्पतालमा उपचारकै क्रममा राति करिब साढे ८ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका-७ घर भई हाल काठमाडौंको माकलबारी बस्ने २८ वर्षीय सागर विक्रम थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

9040
Shares

ट्रेन्डिङ