सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्थानीय तह निर्वाचनः यी हुन् काभ्रे कांग्रेसले सुरक्षित मानेको पालिका !

स्थानीय तह निर्वाचनः यी हुन् काभ्रे कांग्रेसले सुरक्षित मानेको पालिका !

25005
Shares
स्थानीय तह निर्वाचनः यी हुन् काभ्रे कांग्रेसले सुरक्षित मानेको पालिका !

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरु पार्टी विभिन्न गतिविधिमा सक्रियता पूर्वक लागिरहेका छन् । नेपाली कांग्रेस काभ्रे अहिले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान लिएर चुनावी गतिविधिमा सक्रिय छ । सबै जसो दलले प्रारम्भिक चरणको लेखाजोखा गरिरहेका छन् ।

नेपाली कांग्रेसले गठबन्धन नहुँदा पनि काभ्रेको दुई तिहाइ भन्दा बढी पालिकामा जित हालिस गर्ने दाबी गरेको छ । कांग्रेसले २०७४ सालमा जित हासिल गरेको पालिकामा यो पटकको निर्वाचनमा पनि कुनै समस्या देखेको छैन् । अघिल्लो निर्वाचनको महोललाई यथावत राख्न कांग्रेसले सक्रियता बढाइरहेको छ ।

कांग्रेसले २०७४ सालको निर्वाचनमा जिल्लाको ६ वटा पालिका मध्ये पाँचखाल नगरपालिकामा मात्रै विजयी हासिल गरेको थियो । हार ब्यहोरेको ५ वटा नगरपालिकामा नेपाली कांग्रेसको मत परिणाम दोस्रो स्थानमा छ । ७ वटा पालिका मध्ये बेथानचोक, तेमाल र रोशी गाउँपालिकामा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

अघिल्लो निर्वाचनमा जितेको बाहेक यो पटकको निर्वाचनमा कांग्रेस काभ्रेले गाउँपालिकाहरुमा भुम्लु र महाभारत गाउँपालिकामा सुरक्षित महशुस गरेको छ । तर महाभारत गाउँपालिकामा अघिल्लो पटक पनि अन्तरघातले निर्वाचनमा हार ब्यहारेको थियो ।

नगरपालिकाहरुमा मण्डनदेउपुर, बनेपा, पनौती र नमोबुद्धको मत परिणाम आफ्नै पक्षमा आउने दाबी कांग्रेसको छ । धुलिखेल नगरपालिकामा एमालेलाई पराजित गर्न अझै कसरत गर्नु पर्ने नेतृत्वको बुझाई छ । तर गठबन्धन हुँदा धुलिखेल पनि अनुकुल हुने कांग्रेस नेताहरुको भनाई छ ।

खानीखोला र चौरीदेउराली गाउँपालिकामा अघिल्लो निर्वाचनकै पेरिफेरीमा कांग्रेस देखिन्छ । यी दुई पालिकामा कांग्रेसको महोल बिग्रिएको पनि छैन् र सुध्रिएको पनि देखिन्दैन् । कांग्रेसले दुई तिहाई भन्दा बढी पालिकामा विजयी हासिल गर्ने प्रारम्भिक आंकलन भने एमाले फुटलाई आधार मानेर गरेको बुझिन्छ ।

चौरीदेउराली र महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पनि महोल अन्य पालिकामा जस्तो बिग्रिएको छैन् । तर मतदान गर्ने समय अझै बाँकी रहेकाले मतदाताको भावनालाई कुन दलले कसरी आफुतिर केन्द्रित गर्छन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने देखिन्छ ।

25005
Shares

ट्रेन्डिङ