सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्थानीय तह चुनाव : काभ्रेको कुन पालिकामा को खटिए निर्वाचन अधिकृत ?

स्थानीय तह चुनाव : काभ्रेको कुन पालिकामा को खटिए निर्वाचन अधिकृत ?

11445
Shares
स्थानीय तह चुनाव : काभ्रेको कुन पालिकामा को खटिए निर्वाचन अधिकृत ?

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका पालिकाका लागि देशभरका स्थानीय तहमा निर्वाचन अधिृकत खटाएको छ । निर्वाचन आयोगले धुलिखेल नगरपालिकामा जिल्ला अदालत काभ्रेका जिल्ला न्यायधिश मोहनराज भटराईलाई मुख्य निर्वाचन अधिृकतको जिम्मेवारी दिएको छ ।

नमोबुद्ध नगरपालिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिब बिष्णु प्रसाद ज्ञवाली, पनौती नगरपालिकामा जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, पाँचखाल नगरपालिकामा गृह मन्त्रालयका उप सचिब जीवन प्रसाद दुलाल, बनेपा नगरपालिकामा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका उप सचिब शारदा भण्डारी र मण्डनदेउपुर नगरपालिकामा उद्योग, वाणिज्य तथा आफुर्ती मन्त्रालयका उप सचिब शान्ता नेपाल मरासिनी निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ ।

त्यसैगरी खानीखोला गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब चिरञ्जीवि गौतम, चौरीदेउराली गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, तेमाल गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता बिमला रेग्मीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

भुम्लु गाउँपालिकामा राजस्व अनुसन्धान विभागका उप सचिब रुद्र कोइराला, महाभारत गाउँपालिकामा शिक्षा तालिम केन्द्र काभ्रेका दशौँ तहका अधिकृत खुबि राम अधिकारी, रोशी गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिब सूर्य प्रसाद गौतम र बेथानचोक गाउँपालिकामा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका उप सचिब लक्ष्मी प्रसाद रेग्मी निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ ।

 

11445
Shares

ट्रेन्डिङ