सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय कमिटी गठन

प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय कमिटी गठन

4810
Shares
प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय कमिटी गठन

काभ्रे : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन भएको छ ।

माओवादी केन्द्र बेथाञ्चोक गाउँपालिका कमिटिकी अध्यक्ष तारा रानाको संयोजकत्व र प्रेस सेन्टर काभ्रेका उपाध्यक्ष नवराज अधिकारीको उपस्थितीमा कमिटी गठन गरिएको हो ।

कमिटीको अध्यक्षमा जीवन लामा चयन भएका छन् । उपाध्यक्षमा सुनिल तिमल्सिना चयन भएका छन् भने महिला उपाध्यक्ष्यमा आरती तिमल्सिना कोषाध्यक्षमा चित्र प्रसाद घिमिरे सचिवमा मनिषा सापकोटा चयन भएका हुन् ।

यस्तै, सदस्यहरुमा निराजन तिमल्सिना, आकाश तामाङ, शान्ती भुजेल, कृतिका सापकोटा, सबिता तिमल्सिना र सुमित्रा तिमल्सिना चयन भएका छन् । ६ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडाबाट एकएक जना पत्रकारको प्रतिनिधित्व हुनेगरि कमिटी गठन गरिएको हो ।

 

4810
Shares

ट्रेन्डिङ