सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एमाले अध्यक्ष ब्याञ्जुले आफ्नो विचार राख्न नदिएपछि काँग्रेस रोजेँ : नेता साधुराम बडाल

एमाले अध्यक्ष ब्याञ्जुले आफ्नो विचार राख्न नदिएपछि काँग्रेस रोजेँ : नेता साधुराम बडाल

24250
Shares
एमाले अध्यक्ष ब्याञ्जुले आफ्नो विचार राख्न नदिएपछि काँग्रेस रोजेँ : नेता साधुराम बडाल

काभ्रे : नेपाली काँग्रेसका नेता साधुराम बडालले एमालेले स्वतन्त्र विचार राख्न नदिएकाले पार्टी छाड्नु परेको बताएका छन् ।

केहिदिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका नेता बडालले स्वतन्त्रताको हनन गर्ने धरपकड गर्ने पार्टीमा आफूलाई बस्नु उचित नलागेपछि पार्टी छाड्न बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेसको जारी ‘घर घर जाऔ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत टोल टोलमा भइरहेको भेलालाई सम्बोधन गर्दै नेता बडालले एमाले काभ्रेका अध्यक्ष अशोक कु्मार ब्याञ्जुले आफूहरुलाई आफ्नो विचार राख्न नदिने र दुख मात्रै दिने काम गरेको आरोप लगाए ।

एमालेबाट निर्वाचित पूर्व गा.वि.स अध्यक्ष समेत रहेका बडालले एमालेले आफूलाई घृणित व्यवहार गरेको बताउँदै पार्टी सबै राम्रो तर पार्टी चलाउने व्यक्ति शासक भएको बताए ।

एमालेका केहि व्यक्तिलाई अपराधीको संज्ञा दिदै उनले व्यक्तिका चरित्र हत्या गर्दै हिड्ने र भ्रामक कुरा बाड्दै हिड्ने पार्टी एमाले भएको आरोप लगाए ।

 

24250
Shares

ट्रेन्डिङ