सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइड विरूद्धको खोप लाईने

काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइड विरूद्धको खोप लाईने

6750
Shares
काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइड विरूद्धको खोप लाईने

काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइड विरूद्धको खोप लाईने भएको छ ।

आज स्वास्थ्य कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरिएको जानकारी अनुसार जिल्लाको १३ वटै पालिकामा एक साथ टाइफाइड विरूद्धको खोप लगाउनेछ ।
यही चैत २५ गतेदेखि खोप अभियान सुरु हुनेछ । चैत ३० गतेसम्म खोप लगाइने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।

१५ महिनादेखि १५ बर्षसम्मको बालबालिकालाई खोप लगाउनेछ । कम्तीमा पालिकाको २ वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ । खोप अभियानको अन्तिम दिन पालिकाको प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने डाक्टर सेढाईले बताउनुभयो ।

 

6750
Shares

ट्रेन्डिङ