सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेसका युवा नेता तिमल्सिनाकाे नेतृत्वमा धुलिखेल -४ मा ‘घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान’

कांग्रेसका युवा नेता तिमल्सिनाकाे नेतृत्वमा धुलिखेल -४ मा ‘घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान’

6025
Shares
कांग्रेसका युवा नेता तिमल्सिनाकाे नेतृत्वमा धुलिखेल -४ मा ‘घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान’

काभ्रे : धुलिखेल नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान कार्यक्रमले तिव्रता पाएकाे छ ।

धुलिखेल नगरमा कांग्रेसकाे नेतृत्व स्थापित गर्नुका साथै वडा नं ४ कांग्रेसलाई बलियाे पार्टिकाे रुपमा बचाई राख्न नेपाली कांग्रेसकाे देशै भर चलेकाे ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तरर्गत कार्यक्रम संचालन गरिएकाे वडा सभिपति युवा नेता उत्तम तिमल्सिनाले बताए ।

जसरी अघिल्लाे निर्वाचनमा वडामा कांग्रेसकाे नेतृत्व स्थापित गरी जनताले विश्वासका साथ मत प्रदान गरेर विजयी बनेकाे स्मरण गर्दै नेता तिमल्सिनाले आगामी निर्वाचनमा जनताकाे चाहना अनुसारनै वडाकाे नेतृत्व गर्न कांग्रेसले उम्मेद्वार दिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले सभापति तिमल्सिना याे अभियानलाई सार्थक रुप दिन प्रभावकारी ढंगले कार्य गरेकाे भन्दै खुलेर प्रशंसा व्यक्त गरे ।

साे अवसरमा कांग्रेसका युवा नेता धुलिखेल वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले धुलिखेलमा कांग्रेसकाे नेतृत्व स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई नगर सभापति युवा नेता विदुर बस्नेतले स्वागत गरेका थिए ।

6025
Shares

ट्रेन्डिङ