सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

6380
Shares
एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू
  • शोभा हुमागाईँ

काभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो । कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने ।

रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो ।

यस्तो अवस्थामा प्रदेश ३०१००२ ज ५१०२ र ५१०३ नम्बरका एम्बुलेन्स रोशी गाउँपालिकामा पुग्दा जतिसुकै गाह्रो भए पनि बाँच्न र बचाउन सकिने आशा जोकोहीलाई हुन्थ्यो । २०७६ सालको फागुनबाट सञ्चालनमा आएका दुवै एम्बुलेन्स खरिदमा भने रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको मुख्य भूमिका छ ।

दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ । रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा आफ्नो सवारीसाधन खरिदका लागि छुट्टाइएको २४ लाख रुपैयाँ उहाँले दुईवटा एम्बुलेन्स किन्न खर्च गर्ने निणर्य लिनुभयो ।

‘आफ्नो सुविधाभन्दा पनि जनताको समस्या समाधान केही हदसम्म कम होला भन्ठानेर गाडी किन्ने बजेट एम्बुलेन्सको लागि कार्यपालिकाबाट निणर्य गरेर हिउँदे गाउँ सभाबाट अनुमोदन गरेँ ।’ उपाध्यक्ष बर्तौलाले भन्नुभयो ।

 

त्यसबेला कतिपय जनप्रतिनिधिले नै भनेका थिए’यस्तो सुविधा फेरिफेरि आउँदैन आफू चढ्ने गाडी किन्नु ।’ तर आफूले एम्बुलेन्सबिना अकालमा ज्यान गुमाउनुपर्ने भौगोलिक रूपमा विकट नागरिकको दुखमा साथ दिन यसो गरेको उहाँको भनाइ छ ।

‘जनप्रतिनिधि हुँदैमा मैले पाएको सुविधा लिनुपर्छ भन्ने होइन।जनतालाई दिनुपर्छ भन्ने सोचेर गाडी किन्ने पैसा यता लगाउने निणर्य गरेँ ।’बर्तौलाले थप्नुभयो । रोशी गाउँपालिका वडा नम्बर ५ र ११ केन्द्र बनाइ चल्ने एम्बुलेन्सबाट बितेको २ वर्षमा २ हजारभन्दा धेरै नागरिकले सेवा पाएका छन् ।

सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो । तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।

आफू हिड्दै उकालीओराली गर्न तयार भइरहँदा नागरिकस्तरबाट आउने प्रतिक्रिया र प्रोत्साहनले उपाध्यक्ष बर्तौलालाई सन्तुष्टि दिने गरेको छ । उहाँका अनुसार बिरामी स्वास्थ्य सस्थामा पु-याउन एम्बुलेन्स गाउँ पुग्दा गाउँपालिका उपाध्यक्ष नै आएको महसुस् गर्नेहरू पनि छन् ।
दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ ।

रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।

गाउँपालिका कार्यालय पुग्न वा कुनै कार्यक्रममा सहभागी हुन कहिले आफ्नै खर्चमा भाडामा गाडी प्रयोग गर्ने त कहिले सार्वजनिक गाडी चढ्ने गरेको उपाध्यक्ष बर्तौलाको भनाइ छ ।

वार्षिक रुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ पनि उहाँले अभिभावक नभएका तथा अपाङ्गता भएका १४ विद्यालयका बालबालिकाका लागि खर्च गर्दै आउनु भएको छ ।

स्थानीय सरकार आएको ५ वर्ष पुग्दै छ । सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो । तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो । यसले उहाँलाई सन्तोष र त्यस क्षेत्रका नागरिकलाई सुविधा दिएको छ ।

साभार : सीआईएन खबर

6380
Shares

ट्रेन्डिङ