सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जनताबाट छानिएका जनप्रतिनिधिले जनभावना अनुसार नै काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

जनताबाट छानिएका जनप्रतिनिधिले जनभावना अनुसार नै काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

3955
Shares
जनताबाट छानिएका जनप्रतिनिधिले जनभावना अनुसार नै काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काभ्रे : राष्ट्रपति विद्यादेवी भण्डारीले जनताबाट छानिएका जनप्रतिनिधिले जनताकै भावना अनुसार काम गर्नुपर्ने बताएकी छन् ।

काभ्रेको नमोबुद्धमा निर्मित कालिका मन्दिरको उद्घाटन गर्दै उनले नमोबुद्ध नगरपालिकाले शैक्षिक,पर्यटन,कृषि लगायतका क्षेत्रमा गरेको प्रगतिले आफूलाई खुसी लागेको बताइन् ।

२०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र नमोबुद्ध नगरपालिकाको सहयोगमा पुनर्निर्माण भएको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा प्राचीन कालिका मन्दिरको आज राष्ट्रपति भण्डारी उद्घाटन गरेकी हुन् ।

भौतिक संरचना निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउनु पर्नेमा राष्ट्रपति भण्डारीले जोड दिएकी छन् । विकास सम्बन्धी निती तथा कार्यक्रम तर्जुमा गर्दा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्न पनि उनले स्थानीय जनप्रतिनिधीलाई आग्रह गरेकी छन् ।

नमोबुद्ध नगरपालिकामा पर्यटन विकासको प्रसस्त सम्भावना भएको बताउदै उनले छिमेकी पालिका धुलिखेलमा आउने पर्यटकलाई नमोबुद्धसम्म भित्र्याउन सके त्यहाँका स्थानीयको जिवनस्तर माथी उठाउन ठूलो मदत पुग्ने बताइन् ।

राष्ट्रपति भण्डारीले दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न त्यहाँका स्थानीयले गरेकोे मेहनतको समेत उच्च प्रसंशा गरिन् । त्यसका लागि आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

3955
Shares

ट्रेन्डिङ