सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटसलकाे उपाधि इडेन गार्डेनलाई

फुटसलकाे उपाधि इडेन गार्डेनलाई

6725
Shares
फुटसलकाे उपाधि इडेन गार्डेनलाई

भक्तपुर: नेशनल प्याव्सन भक्तपुरकाे आयाेजनामा सम्पन्न फुटसलकाे उपाधि इडेन गार्डेन स्कुलले जितेको छ ।एन प्याब्सनको सदस्य विद्यालय बिच सम्पन्न प्रतियाेगिताकाे फाइनल खेलमा आरक्षण नेशनल एकेडेमीलाई २-० गाेल अन्तरले पराजित गर्दै इडेन गार्डेन स्कुलले उपाधि जितेको हाे ।

अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा आरक्षण नेशनल एकेडेमीलाई २-० गोलले पराजित गर्दै इडेन गार्डेन स्कुल विजेता भएको हाे ।

प्रतियोगितामा फस्ट रनरअप आरक्षण नेशनल एकेडेमी, सेकेन्ड रनरअप क्वालिटी र एसएस सदन स्कुल भए भने मदल्याण्ड स्कुलले फेयर प्ले टिम उपाधि हात पार्न सफल भयाे । प्रतियोगितामा उत्कृष्ट खेलाडी आरक्षण नेशनल एकेडेमीका आर्यन बुढाथोकी र उत्कृष्ट गोल रक्षक क्वालिटी स्कुलका सुमन तामाङ चुनिए ।

नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालकाे प्रमुख अातिथ्यतामा सम्पन्न समापन एवं पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि हमालले विजयी विद्यालय तथा खेलाडीहरुलाई शिल्ड तथा प्रमाणपत्र र नेशनल प्याव्सनका भक्तपुरका अध्यक्ष संजय खड्काले मेडल वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय अध्यक्ष हमालले नेशनल प्याव्सन भक्तपुरको एकिकृत टिमले गरेको विविध कार्यक्रमबाट देशैभरका जिल्लाले पनि सिक्नु पर्ने बताउँदै खुलेर प्रसंशा गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सह कोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का, बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां, जिल्ला उपाध्यक्ष शिव कृष्ण कवां लगाएतको उपस्थिति रहेको कुरा नेशनल प्याव्सन भक्तपुरका सचिव जय प्रकाश राइले जानकारी दिए ।

कार्यक्रममा नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमाललाई बधाई सहित सफल कार्यकालको शुभकामना सँगै मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगितामा नेशनल प्याव्सन भक्तपुरमा रहेका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरु सहभागी गराई जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिता सम्पन्न गरेको जानकारी कार्यक्रम संयोजक सुमन शिल्पकारले दिए ।

6725
Shares

ट्रेन्डिङ