सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेली खाजा घरबाट ५ जना जुवाडे पक्राउ

काभ्रेली खाजा घरबाट ५ जना जुवाडे पक्राउ

12755
Shares
काभ्रेली खाजा घरबाट ५ जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे तेमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ सहित ५ जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

12755
Shares

ट्रेन्डिङ