सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेलमा कांग्रेसले छान्यो सर्वसम्मत वडाध्यक्षको उम्मेदवार

धुलिखेलमा कांग्रेसले छान्यो सर्वसम्मत वडाध्यक्षको उम्मेदवार

17690
Shares
धुलिखेलमा कांग्रेसले छान्यो सर्वसम्मत वडाध्यक्षको उम्मेदवार

काभ्रे : धुलिखेल नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले वडाध्यक्षको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ ।

बाहावाल अध्यक्ष सञ्जय कोजुलाई नै कांग्रेसले आगामी निर्वाचनको लागि वडाध्यक्षको उम्मेदवार बनाएको हो । वडाध्यक्ष कोजुसंग वडा सदस्यहरु पनि टुंगो लागेको कांग्रेस धुलिखेलले जनाएको छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कोजु ५७६ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार रुपक श्रेष्ठले ४५७ मत ल्याउनुभएको थियो ।

कोजुको सर्वसम्मत उम्मेदवारीले कांग्रेस धुलिखेललाई अन्य वडाहरुमा पनि सर्वसम्मत उम्मेदवारी टुंगो लगाउन दबाब परेको छ ।

17690
Shares

ट्रेन्डिङ