सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा गठबन्धन नहुने संकेत, कांग्रेस धमाधम वडामा उम्मेदवार टुंगो लगाउँदै

काभ्रेमा गठबन्धन नहुने संकेत, कांग्रेस धमाधम वडामा उम्मेदवार टुंगो लगाउँदै

25110
Shares
काभ्रेमा गठबन्धन नहुने संकेत, कांग्रेस धमाधम वडामा उम्मेदवार टुंगो लगाउँदै

काभ्रेमा कांग्रेस अन्ततः गठबन्धन नगर्ने सोचका साथ अघि बढेको छ । कांग्रेसले अहिले धमाधम वडामा उम्मेदवार टुंगो लगाउन थालेको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ५ र ६ मा आज मात्रै सर्वसम्मत वडाध्यक्षको उम्मेदवार टुंगो लगाएका छ ।

वडा नम्बर ५ मा भवसागर रन्जितकार र वडा नम्बर ६ मा बाहावाला वडाध्यक्ष सञ्जय कोजुलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै पाँचखाल नगरपालिका वडा नम्बर ४ मा पनि कांग्रेस बाहालवाला वडाध्यक्ष सुन्दर लामालाई नै आगामी निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकोछ ।

कांग्रेसले वडाध्यक्षको मात्रै उम्मेदवारमा टुंगो लगाएको छैन् । वडा सदस्यहरुको पनि नाम टुंगो लगाएको छ । कांग्रेसले आज जिल्लाको धेरै जसो वडाहरुमा बैठक राखेर उम्मेदवारमा पहिलो चरणको सहमति जनाउने काम गरेको स्रोतको दाबी छ ।

भोलीसम्ममा माथिल्लो निकायमा वडा तहका उम्मेदवारको नाम सिफारिस गर्न भएको आन्तरिक सर्कुलेशन अनुसार आज काभ्रेको सबै जसो वडामा कांग्रेसको बैठक बसेको छ । यसबाट पनि काभ्रेमा कांग्रेसले गठबन्धन गर्न नचाहेको प्रष्ट हुन्छ ।

अहिले धमाधम उम्मेदवारको नाम सिफारिस गर्ने र पछि गबन्धन हुँदा नाम फिर्ता लिनु पर्यो भने थप राजनीतिक बेइमानी हुने तर्फ काभ्रे कांग्रेसको नेतृत्व सजग नभएको देखिन्छ ।

काभ्रेमा गठबन्धनका लागि पर्सी २२ गते फेरी छलफल हुँदैछ । तर कांग्रेसले त्यो अघि नै प्रायजसो वडामा उम्मेदवार टुंगो लगाइसक्ने संकेत देखाइसकेको छ । कांग्रेस काभ्रे सबै पालिकामा जीत सुनिश्चित रहेको दाबी रहित संघीय सरकारको सत्ता साझेदार दलसंग गठबन्धन नगर्ने मनस्थितिमा पुगेको देखिन्छ ।

तर यो कांग्रेसको लागि एउटा भ्रम मात्रै हुनेछ । यदि काभ्रेमा गठबन्धन नगर्ने हो भने सबैभन्दा फाइदा एमालेले नै लिनेछ । गठबन्धन नहुने हो भने सम्भवतः एमाले फेरी पनि काभ्रेमा पहिलो दल बन्ने निश्चित छ ।

अहिले कांग्रेसले धमाधम वडाहरुमा उम्मेदवार टुंगो लगाएर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धन नगर्ने स्पष्ट संकेत दिन खोजेको पाइएको छ ।

25110
Shares

ट्रेन्डिङ