सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने प्रवृति बढ्यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने प्रवृति बढ्यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

4515
Shares
अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने प्रवृति बढ्यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मानिसहले अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने गरेको बताएका छन् ।

उनले आफू मात्रै सर्वशक्तिवान हुँ भन्ने प्रवृति राजनितीमा मात्रै नभई हरेक क्षेत्रमा यसको प्रभाव परेको बताए ।

विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समिति २०७८ द्धारा आयोजित  काभ्रे पनौती श्रीखण्डपुरमा जारी श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा स्वामी निशेषानन्दजी महाराजजीद्वारा नेपाली भाषामा लिपिबद्ध गरिएको श्री भागवत दिग्दर्शन ग्रन्थ लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

लोकार्पण गर्दै उनले जानीजानि गल्ती गर्नेको पाप मोक्ष नहुने समेत बताए । तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानीजानी कुनै पनि गल्ति नगर्न उनले सबैलाई आग्रह पनि गरेका छन् ।

भेदभाव र विभेदको अन्त्य गर्नु पर्नेमा जोड दिदै तिमल्सिनाले आतंक मच्चाउने र धर्मको नाममा झै झगडा गर्न नहुनेमा जोड दिए ।

पनौतीको विकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले आन्तरीक तथा बाह्य पर्यटकलाई धार्मिक गन्तव्यका रुपमा पनौती नगरपालिकालाई चिनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् ।

4515
Shares

ट्रेन्डिङ