सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा बैशाख ६ गतेदेखि कृषि गणना गरिने

काभ्रेमा बैशाख ६ गतेदेखि कृषि गणना गरिने

8450
Shares
काभ्रेमा  बैशाख ६ गतेदेखि कृषि गणना गरिने

काभ्रेमा आगामी बैशाख ६ गतेदेखि कृषि गणना हुने भएको छ ।

जेठ १९ गतेसम्म गणना सकिने जिल्ला कृषि गणना कार्यालय काभ्रेका प्रमुख दिपक कोईरालाले जानकारी दिनुभयो । ४५ दिन गणना गरिनेछ ।

गणना गर्नका लागि जिल्लामा ८६ जना गणक र २२ जना सुपरिवेक्षण खटिनेछन् । कृषि गणनाका लागि कार्यालयले जिल्ला स्थित सरोकारवाला पक्षसंग छलफल गरेको छ ।

जिल्लाको १३ वटै स्थानीय तहमा गणक पुग्नेछन् । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा २२ वटा क्षेत्र र सबै कम खानीखोला गाउँपालिका १४ वटा क्षेत्र रहेका छन् ।

8450
Shares

ट्रेन्डिङ