सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सभापतिमा सर्वसम्मत भए झैँ धुलिखेल ७ को वडा अध्यक्षमा समेत सर्वसम्मत बन्ने योजनामा युवा नेता दिपेश

सभापतिमा सर्वसम्मत भए झैँ धुलिखेल ७ को वडा अध्यक्षमा समेत सर्वसम्मत बन्ने योजनामा युवा नेता दिपेश

13845
Shares
सभापतिमा सर्वसम्मत भए झैँ धुलिखेल ७ को वडा अध्यक्षमा समेत सर्वसम्मत बन्ने योजनामा युवा नेता दिपेश

काभ्रे : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएसंगै काभ्रेमा चुनावी सरगर्मी बढेको छ । विभिन्न पदका आकांक्षीहरु बढ्न थालेका छन् ।

धमाधम उमेरदवारीको घोषणा गर्दैछन् । सामाजिक संजाल चुनावमय बनेको छ । नेता कार्यकर्ता जनतालाई रिझाउन घर घरमा पुगेका छन् । यता काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलकै मुटु मूल बजार क्षेत्र वडा नं ७ मा नेपाली काँग्रेसका उम्मेरदवार बढेका छन् ।

काँग्रेसका धुलिखेल वडा नं ७ को सभापति समेत रहेका दिपेश धिनान्जु श्रेष्ठले पनि आफूलाई आगामी स्थानीय तह चुनावमा वडा अध्यक्षको उमेरदवारको रुपमा उभ्याउने भएका छन् ।

काँग्रेस धुलिखेल नगरपालिका वडा नं ७ मा सर्वसम्मत सभापति बनेका दिपेश धिनान्जु श्रेष्ठ सानै उमेर देखि राजनीतिक,सामाजिक र व्यावसायिक क्षेत्रमा क्रियाशील रहदै आएका छन् ।

उनी व्यवसायसंगै सामाजिक कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडी बढेका छन् । सभापतिमा सर्वसम्मत चयन भएका उनी वडा अध्यक्षमा समेत सर्वसम्मत हुने दाउमा देखिन्छन् । तर उनीसंगै पार्टीका अन्य थुप्रै नेताहरुले समेत उमेरदवारी दिने बताउँछन् ।

दिपेश पूर्व नगर सभापति जित कृष्ण श्रेष्ठका छोरा हुन् । उनी भन्छन, “आफूले पार्टीका गतिविधि सानै देखि हेर्दै र सिक्दै आएको हुँ । आफ्ना बाबु स्थानीय तह २०५४ को चुनाब लड्दा पनि आफुले थुप्रै ग्यान लिने अवसर पाएकोले बाबुकै प्रेरणा स्वरूप आफु पनि स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्ने अठोट गरेँ ।”

पार्टीमा क्रीयाशिल आफु भन्दा बलिया व्यक्ति जसले गर्दा पार्टीलाई वडा र नगर जिताउन सक्ने ब्यक्ती आएमा नेतृत्व छाड्न तयार रहेको समेत उनी बताउँछन् । आफू पदमा पुग्नु ठुलो कुरा नभएको बताउँदै अरुलाई सहयोग गरि जिताउँदा पनि आफु सफल भएको महसुस गर्ने उनले बताए ।

यस अघिको स्थानीय निर्वाचनमा वडा न ७ मा राप्रपा नेपाल बाट उमेद्वार बनेका रोमी ब्यान्जु श्रेष्ठले वडा अध्यक्ष जितेका हुन् । धुलिखेलको बजारबाट मेयरका रुपमा एमालेका उमेरदवार अशोक ब्यान्जुले आफ्ना मान्छे जिताउन र आफु जित्नका लागि ६, ७ ,४ मा आफ्नो पार्टीको मत वडा अध्यक्षलाई दिएर मेयरमा आफुलाई हाल्न लगाएको आरोेप समेत अशोकलाई लाग्दै आएको छ ।

२०७४ को स्थानीय चुनाबमा वडा नं ६ मा काँग्रेस र वडा ४ मा पनि काँग्रेसले जितेको थियो ।

13845
Shares

ट्रेन्डिङ