सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • के एमालेले पाँचखालमा फर्काउला त लालकिल्ला ?

के एमालेले पाँचखालमा फर्काउला त लालकिल्ला ?

13215
Shares
के एमालेले पाँचखालमा फर्काउला त लालकिल्ला ?

एमाले काभ्रेले पाँचखाल नगरपालिकालाई आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्न अझै पनि छोडेको छैन् । अघिल्लो निर्वाचनमा नगरप्रमुख र उपप्रमुखमा हार ब्यहोरेपछि पनि एमालेले यो क्षेत्रलाई झै लालकिल्लाको रुपमा लिँदै आएको छ ।

 

नगरप्रमुखमा एमालेले कांग्रेसभन्दा ५५६ मत कम ल्यायो । कांग्रेसले ७३ सय ५६ र एमालेले ६८ सय नगरप्रमुखमा मत पाएका थिए । उपप्रमुखमा एमालेले कांग्रेसको भन्दा ४०४ मत कम ल्याएर पराजय ब्यहोरेको थियो । कांग्रेसले ७ हजार २६ र एमालेले ६६ सय २२ मत प्राप्त गरेको थियो ।
साबिकको पाँचखाल गाविस एमालेको सबैभन्दा पकट क्षेत्र मानिन्थ्यो ।

पाँचखाल गाविसलाई ४ वटा वडामा विभाजन गरिएको छ । ३, ४, ५ र ६ नम्बर वडा साविकको पाँचखाल गाविसका हुन् । तर पकट भनिएको ठाउँमा अघिल्लो पटक एमालेले लजास्पद हार ब्यहोर्यो ।

३ र ४ नम्बर वडा नेपाली कांग्रेस, ५ मा माओवादी र ६ नम्बर वडा मात्रै एमालेले जितेको थियो । वडा नम्बर ६ का वडाध्यक्ष अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा हुनुहुन्छ ।

एमालेले पाँचखालको १३ वटा मध्ये १, ७, ९ र १२ नम्बर वडामा जितेको थियो । यी वडामा पनि पछिल्लो अवस्था सन्तोषजन छैन् । अर्थात २०७४ सालको निर्वाचनमा मेयरका उम्मेदवार स्वर्गीय रुद्र बानियाँको पालामा जतिको पनि अवस्था छैन् । यो पटकको निर्वाचनमा पाँचखाल एमालेले पार्टीभित्रैको गुट र फुटको दुबै सामना गर्नुपर्नेछ ।

पाँचखाल नगरपालिकामा हारेपछि एमालेले खासै गतिलो भुमिका निर्वाचन गर्न नसकेको जनगुनासो ब्यापक छ । अघिल्लो पटक एमाले हार्ने अवस्थामा थिएन् । तर पनि पार्टीभित्रै जिम्मेवार ठनिएका नेताहरुको गैरजिम्मेवारीपनले हार ब्यहोर्नुपरेको अहिले पनि कयौँ कार्यकर्ताको मुखबाट सार्वजनिक स्थलहरुमा कुराकानी गरेको सुनिन्छ ।

केहि माओवादीका नेताहरु एमालेमा लागेपनि पाँचखालमा अघिल्लो पटकको मत कटाएर जित्नसक्ने भरपर्दो आधार तयार भैसकेको छैन् । अझ टिकट वितरणमा क्षेत्रभन्दा पनि गुटगत ब्यवस्थापन हेर्न थालियो भने अघिल्लो पटकभन्दा पनि बढी मतान्तरले हार ब्यहोर्न एमाले तयार हुनुहुपर्ने स्वयम एमाले कार्यकर्ताहरु बताउँछन् ।

स्वर्गीय रुद्र बहादुर बानियाँको शालिक अनावरण गर्ने सवालमा एमालेले देखाएको अभद्र ब्यवहारपछि पाँचखालको माहोल थप बिग्रिएको छ । एमालेका जिम्मेवार नेताहरुले यो मामिलालाई अनावश्यक रुपमा गिजोलेर आफ्नो पार्टीकौ हैसियत गिराएको वडा नम्बर ६ का कतिपय स्थानीयहरु बताउँछन् ।

पाँचखालमा यदि कांग्रेसले गबन्धन नगर्दा पनि माओवादी र नेकपा (एकीकृत समाजवादी) मिल्दा पनि एमालेलाई ठूलै धक्का पुग्नेछ । अघिल्लो पटकको निर्वाचनमा तेस्रो नम्बरमा रहेको माओवादी केन्द्रको पनि मत धेरै बिग्रिएको छैन् ।

13215
Shares

ट्रेन्डिङ