सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको बनेपा–पनौती सडक आज पनि बन्द, यात्रुलाई सास्ती

काभ्रेको बनेपा–पनौती सडक आज पनि बन्द, यात्रुलाई सास्ती

14305
Shares
काभ्रेको बनेपा–पनौती सडक आज पनि  बन्द, यात्रुलाई सास्ती

काभ्रे : बनेपा–पनौती सडकको श्रीखण्डपुर र धनेश्वर खण्डमा आज पनि स्थानीयले बाटो बन्द गरेका छन् । आज दोस्रो दिन पनि बन्दका कारण शिक्षण संस्था, कर्मचारी, गन्तव्यमा पुग्नुपर्ने आम सर्वसाधारणले दुख पाएका छन् ।

पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै त्यहाँका स्थानीयले आवगमन बन्द गरेका हुन् । धुलोले त्यहाँ बस्न र हिँडडुल गर्न समेत समस्या भएको पनि सडक पिच नगरिएको भन्दै सडक नै बन्द गर्नुपरेको स्थानियहरुले बताएका छन् ।

चैत १ गतेबाटै बाँकी खण्डमा कालोपत्रे गर्ने सहमितमा अघिल्लो पटकको बन्द फिर्ता भएको थियो । तर सम्बन्धित निकायबाट काम सुरु गर्ने बारे कुनै सम्बोधन नभएकोले स्थानीय झन आक्रोशित बनेका छन् । यो पटक अनिश्चित समयसम्म बन्द गर्ने भन्दै स्थानीय सडकमा उत्रेका हुन् ।

14305
Shares

ट्रेन्डिङ