सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा अपांगता भएका महिलाहरुलाई मतदाता शिक्षा तालिम

काभ्रेमा अपांगता भएका महिलाहरुलाई मतदाता शिक्षा तालिम

5790
Shares
काभ्रेमा अपांगता भएका महिलाहरुलाई मतदाता शिक्षा तालिम

काभ्रेमा अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागी जिल्ला स्तरीय मतदाता शिक्षा तालिम सम्पन्न भएको छ ।  नेपाल अपांग महिला संघ काभ्रेले अपांगता भएका महिलाहरुलाई मतदाता शिक्षा विषयक तालिम कार्यक्रम सम्पन्न गरेको हो । अधिबक्ता कृष्ण प्यारि नकर्मि तथा अपांग महिला महासंघका महासचिव पम्फा पुकुर्टि र सविना धितालको सहजिकरणमा कार्यक्रमम सम्पन्न भएको हो ।

कार्यक्रममा अपांगता भएकाहरुले निर्वाचनको समयमा मतदानको लागि आवश्यक शिक्षा प्रदान गरिएको छ । मतदानको समयमा अपांगता भएकाको सहभागिता कसरी सुनिश्चित गर्ने, मतदानको समयमा मतपत्र लिई मतदान गर्ने प्रकृयाको बारेमा पनि व्यबहारिक अभ्यास गराई कार्यक्रमलाई प्रभावकारी बनाईएको थियो ।

त्यस्तै निर्वाचन अपांगता भएका नागरिकको लागी कहाँ, कहिले र कसरी सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा समेत जानकारी गराइएको छ । मतदानको अभ्यासको क्रममा मतपत्रमा कसरी छाप लगाउने कुन कुन पदको उम्मेदवारी रहन्छ र छनौट गर्ने भन्ने बारेमा प्रयोगात्मक अभ्यास समेत गराइएको छ ।

कार्यक्रममा विकेन्द्रित शासन प्रणाली अनुसार वर्गिकृत स्थानीय तहगत संख्या, तहगत रुपमा हुने उम्मेदवार र संघ तथा प्रदेशको बस्तु स्थिती र निवार्चन प्रकृयामा हुने सूचना प्रणालि र सुचना प्रणालिमा पनि गलत सूचना प्रणालिलाई कसरी निरुत्तसाहित गर्ने भन्ने विषयमा जानकारी गराइएको छ ।

त्यस्तै शारिरीक समस्याको कारण, सुन्न नसक्ने र सुन्न नसकि हुने भाषाबाट भएको समस्या, आँखा नदेख्ने नागरिकको लागी कसरी सहि र स्पष्ट सूचना संप्रेषण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।

प्रयोगात्मक अभ्यासमा मतगणना, रद्ध हुने मत सहित कुन कुन अवस्थामा मत पत्र बदर हुन्छ भन्ने विषयमा समेत प्रयोगात्मक अभ्यास रहेको थियो ।
अपांगता भएका नागरिकलाई मतदान प्रकृयामा सहभागिता गराउन अभ्यासबाट कसरी बञ्चित गराउने,पारिवारका सदस्यहरुले अपांगता भएको नागरिकको लागी मतदान प्रकृयामा सहभागिता नगराउन मतदान हुने दिन सहारा तथा सहायता उपलब्ध नगराउने सहभागिको गुनासो रहेको थियो ।

निर्वाचनमा विभिन्न राजनैतिक दलले मतदान केन्द्र सम्म लिएर आउने तर मतदान कार्य सम्पन्न भईसके पश्चात पुन घर सम्म पुग्ने बाताबरण नमिलाउने प्रवृत्ति सुधार्नु पर्ने उनीहरुको गुनासो रहेको छ ।

अपांगता भएका व्यक्तिको समेत मनोनिति सदस्य कोटा निमार्ण गरी अगाडी बढाउने,स्थानीय सरकार अपांगमैत्री निमार्ण हुने र संबैधानिक व्यवस्था को मौलिक अधिकार सुनिश्चित गर्नुपर्नेमा उनीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

5790
Shares

ट्रेन्डिङ