सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पनौतीको मेयरमा हुमागाईँको दाबी, सरकारी सेवा नलिने घोषणा

पनौतीको मेयरमा हुमागाईँको दाबी, सरकारी सेवा नलिने घोषणा

28465
Shares

काभ्रेको पनौती नगरपालिकाको मेयरमा दिनेश हुमागाईँले उम्मेदवारी घोषणा गरेका छन् । आँउदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट हुमागाईँले उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखी राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल रहेका हुमागाईँले वडा बासीको दुःख सुखमा सहयोग गर्न जनप्रतिनिधिका रुपमा काम गर्न चाहेको बताएका छन् ।

सधै सत्यको पक्षमा तथ्यको पक्षमा ,निष्पक्ष र सुशासनको पक्षमा बुलन्द आवाजहरुलाई स्थान दिन आफूले चाहेको बताएका छन् । उनले पनौती नगरको विकासका लागि स्पष्ट खाका र सुत्र आफूसंग रहेको भन्दै पार्टीले टिकट दिए आफूले जित्ने उनको दाबी छ ।

नेता हुमागाईँले आफू मेयरमा जिते सरकारी सेवा सुविधा केहि नलिने समेत सबैको समाचारलाई बताएका छन् । “मेयर जिते भने सरकारबाट पाउने तलब भत्ता र गाडी लिन्न बरु त्यो सबै पनौती र पनौतीबासीको लागि खर्चिन्छु” ,उनले भने ।
हेर्नुहोस उनै मेयरका दाबेदार दिनेश हुमागाईं संग गरिएको यो कुराकानी:

28465
Shares

ट्रेन्डिङ