सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा सम्बन्धविच्छेद गर्ने बढे

काभ्रेमा सम्बन्धविच्छेद गर्ने बढे

25485
Shares
काभ्रेमा सम्बन्धविच्छेद गर्ने बढे
  • रमिला खड्का

काभ्रेपलान्चोक जिल्लामा सम्बन्धविच्छेदका घटना बढेको पाइएको छ ।

जिल्ला अदालत काभ्रेपलान्चोक र पत्रकारबिच भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । पछिल्लो तीन बर्षमा तुलनात्मक रुपमा सम्बन्धविच्छेदका घटना बढेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द राज घिमिरेले जानकारी दिए ।

२०७६/७७ मा ३४२ सम्बन्धविच्छेदका मुद्धा दर्ता भएकोमा २४१ वटा फर्छौट भएका छन् भने १०१ वटा बाकीँ रहेको छ। त्यस्तै २०७७/७८ मा ३८८ मुद्धा दर्ता भएकोमा २७२ मुद्धा फर्छौट भएका छन भने ११६ वटा बाकीँ रहेको छ ।

श्रेस्तेदार घिमिरेका अनुसार २०७८/ ७९को फागुनसम्म ४६७ मुद्धा दर्ता भएका छन् ती मध्ये २७२ मुद्धा फर्छौट भएका छन् भने १४४ मुद्धा बाँकी रहेको छ। काभ्रेमा फाल्गुन सम्ममा २ हजार ३५८ मुद्धा दर्ता भएका छन् ।

ती मध्ये ३० फर्छौट भएका र १ हजार ५२ बाँकी रहेको जिल्ला अदालत काभ्रेले जनाएको छ।  त्यस्तै जिल्लामा करणीको घटना पनि बढ्दो रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ५ वटा करणीका घटना भएकोमा २०७७/ ७८ मा ९८ वटा करणीका घटना घटेका छन् ।

२०७८/०७९को फाल्गुनसम्म भने ८७ वटा करणीका घटना घटेका छन् । त्यसमध्येका धेरै मुद्धा फर्छौट हुन बाँकी रहेको छ । कार्यक्रम न्यायाधीश मोहन प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

25485
Shares

ट्रेन्डिङ