सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • “हामीले देखेको बिकास धारा, बत्ति ,सडक र पार्क मात्र हो ?

“हामीले देखेको बिकास धारा, बत्ति ,सडक र पार्क मात्र हो ?

7920
Shares
“हामीले देखेको बिकास धारा, बत्ति ,सडक र पार्क मात्र हो ?
  • हरिशरण धिताल

करिब ११ बर्षको उमेरमा न मैले समान्य स्वास्थको बिषयमा त्यति धेरै जानकारी पाएको थिए न त कुनै प्रकारको सामाजिक चाल चलनको , तर पनि मेरो मनमा आफुले भोगेको र गरेको व्यवहारले प्रश्न गरि रह्रयो । करिब १४ बर्षको त्यो उमेरमा मेरो दिदीको पहिलो पटक महिनावारी हुँदा मेरो अभिभावकले आफन्तको पुरानो घरमा बस्न पठाउनु भयो ।

त्यति बेला मेरो दिदीको मनमा भएको डर तथा उहाँको मनमा भएको मनोसामाजिक समस्या कसैले बुझने आँट गरेन बुझन त मेरो आमाले बुझनु भयो होला तथा उहाँलाई पनि समाजिक र संस्कृतिक मुल्यमान्यताले बाँधेको हुनुपर्छ ।

यो डरलाग्दो घरमा बसेको करिव २१ दिन सम्म त्यो पुरानो अन्धकारमा समयका माईतिको मुख हेर्न नहुने तथा ब्रतवन्ध गरेको पुरुष मान्छे छुन नहुने भन्ने भ्रम पैदा गरि राखिएपछि २१ दिन पछि फेरि मेरी दिदिलाई भाईले १ जोर नयाँ कपडा दिई आफन्तको बाट आफनो घरमा बोलाउने चलन अनुसार मलाई दिदीलाई हाम्रो घरमा बोलाउन लगाईयो । “त्यति बेला पनि मेरो मनमा केहि प्रश्न आएको थियो तर त्यति बेला मसँग न त बिद्रोह गर्न सक्ने क्षमता थियो न त ज्ञान नै”

त्यस पछि महिनाको हरेक ४ दिन तिमीले दिदीलाई न छो यो नछुने भएको छ भनि मलाई सिकाईयो । मेरी दिदीलाई महिनाको बाँकि हरेक लिन पुजा गरि टिका लगाईदिने मेरो हनुरबुवा हजुरआमाले महिनाको ४ दिन त नछुने भएको छस् “पर बस भन्दा १४ बर्षको त्यो बाल मस्तिष्कमा परेको असरको कसलाई के वास्ता थियो ?” विभिन्न चाडपर्वमा घर वा विद्यालयमा सरस्वती पुजामा कयौं पटक निधार खाली भएको छ उहाँको निराश भई बस्नु भएको त्यो असरलाई समाजले कहिले बुझने ।

महिनावारीको समयमा भएको त्यो शारीरिक पिडा,मानसिक परिवर्तन र लाजले महिलाको शरीरलाई नियन्त्रण गर्न बनाएको “अपबित्र ”नामको वन्धनले पनि पटक मेरी दिदीले आफुलाई महिला भएर जन्मिएकोमा प्रश्न गर्नु भयो होला ?

त्यो बिकट गाँउमा जहाँ ब्यतिmगत सरसफाईको लागि राम्रो व्यवस्था समेत थिएन ,नुहाउनको लागि सार्वजनिक धारामा गएर नुहाउनुपर्ने र त्यहाँ आफनो महिानवारीको कारण अर्को त्यहि देवीको मन्दिरमा पुजा गर्न हिडेको त नछुने भएको छन् त मलाई नछो भन्दा भएको पिडा कहिले भुल्नुभयो होला र मेरो दिदीले ।

कयौं पटक मेरो घरमा पुजाको लागि ल्याईएको पानी छुदा मेरो दिदीले पानी छोए कै कारण अभिभावकले गरेको गाली अझ पनि मेरो मानपटलमा आई रहन्छ ।
ब्राम्हाण समुदायमा हुर्केको म मैले मेरो आमाले भोगेको घेरौ प्रकारका विभेदहरु देखेको छु । असल बुहारी हुने चाहानामा आमाले आफनो धेरै प्रकारका चाहानाहरु र कयौं ईच्छाहरुलाई खुम्चाउनु भएको छ ।

महिनाको अरु सबै दिन भान्सामा सिमित गराएको मेरो आमाको कामलाई आमाको महिनावारीको समयमा भान्सामा कामगर्न नहुने भनि घरबाट टाडाको जंगलमा ११ बर्षको छोरालाई साथि हुन्छ जा भनि घाँस दाउरा गर्न पठाईन्यो । त्यति बेला आमा शारिरीक कमजोरीको कारण भारी बोक्दा बोक्दौ कयौ पटक लड्नु भएको छ ।

“त्यतिबेला मलाई घरमा गई ठुलो बिद्रोह गर्ने ईच्चा थियो तर म विवश थिए ” घरमा आमा र दिदी दुबै जना एकै पटक महिनावारी हुँदा घरमा भान्सामा काम गर्ने मान्छे भएन छोरा मान्छेले भान्सामा काम गनुपरो भन्दौ गरेको बुवाको मुखबाट मैले कयौ पटक सुनेको छु । त्यो सुन्दापनि मेरो मनमा बिद्रोह सृजना हुन्थ्यो ।

घरबाट ममिलाई कतौ पाहुना जाँदा पहिलो समस्या घरमा बुवालाई खाना कसले बनाउछ वा उहाको कपडा कसले धुन्छ भन्ने समस्या अगाडि आउने गर्थे । त्यतिबेल मेरो मनमा बुवा माथि धरौ प्रश्नहरु उठने गर्थे । “ कहिले सम्म आमाले पकाएको मिठो खानेकुरा भन्ने बाहानामा महिलालाई बिन्चत गरि गतिशिललामा नियन्त्रण गर्ने ” यस्ता कयौ प्रकारका बिभेद मैले देखेको छु ।

समाजमा विधमान यि सबै प्रकारका परम्परागत सोच बद्ली सामाजिक रुपान्तरणको लागि समाजमा विद्यमान समाजिक सांँस्कृतिक मुल्य मान्यता परिवर्तनको लागि भएको प्रयास नसुनेको र नदेखेको होईन नेपालको कर्णाली प्रदेशको छाउ घर भत्काउने अभियान नभएको होईन यो एउटा सुदरपश्चिमको एउटा उदाहारण हो नेपालमा अन्य क्षेत्रमा पनि यस्ता धेर्र प्रयास भए तर त्यसको व्यवहारिक कार्यान्वयन भने हुन सकेको छैन ।

नेपालमा कर्णाली प्रदेशको छाउघर भत्काउने प्रयासले कर्णाली प्रदेश सरकारले जिल्ला प्रशाुसन कार्यलय, जिल्ला प्रहारी कार्यलय तथा सम्बन्धित स्थानीय तहले गरे तर कार्यान्वयनमा ठुलो चुनौती छ ।

नेपालमा पनि महिनावारीको समयमा हुने विभेदलाई मुलुकि देवाली संहिलाले कानुनी अपराधको रुपमा राखेको छ र यस्तो गरेमा ३ महिना जेल र ३ हजार सम्म जरिवाना वा दुबै हुने व्यवस्था गरेको छ । तर यसको कानूनी कार्यान्वयनमा चुनौती छ ।

जब म ११ बर्षबाट हाल सम्म आँउदा मेरो पढाई र काम गराईको अनुभवको आधारमा महिलाको बाईलोजिको आधारमा उसलाई अपबित्रको नाम दिई उसको शिरीरलाई नियन्त्रण गर्ने परिपाटीको अन्य गर्ने जिम्मेवारी कसको हो ? प्रश्न अझ पनि मेरो मनमा छ ।

काम गराईको शिलशिलामा वा पठाईको शिलशिलामा मैले देखेको र भोगेको विभेदको अन्यको लागि धेरै प्रयासहरु ग्रियो तर यसमा पनि “आफुलाई नियन्त्रित गर्न सजिलो छ तर समुदायको सोच बदल्लन असहज छ त्यसैले हामी आफै बलिन्छौ “ यी प्रयासहरुले पनि कति रुपान्न्तरण भयो आत्म समिक्षा गर्न बाँकी छ ।
मैले भोगेको र देखेको यो त एउटा सानो उदाहरण मात्र हो यो समाजमा म जस्तो कयौं बालकहरुको मष्तिकमा यस्ता घटनाहरु थिए अझ पनि छन् र कहिले सम्म रहिरहन दिने ।

मैले भोगेको र देखेको यी सबै प्रकारका विभेद खासगी समाजमा महिला र पुरुष बिचको असमान शक्ति सम्बन्धको मुल कारण भनेको समाजमा रहेको विद्यमान समाजिक तथा संँस्कृतिक मुल्यमान्यता हो यसले महिलालाई दोसो्र दर्जाको नागरिकको रुपमा हेर्ने गरेको छ । जसले गर्दा कामका विभेद ,भुमिकामा विभेद र स्रोतसँगको पहुँचमा विभेदको अवस्था सृजना गराईएको छ ।

समाजमा रहेको यो असमान शक्ति सम्बन्धको विभेदको अन्य गरी महिलाको मानब अधिकार सुनिश्चित गरी सामाजिक न्यायपूर्ण समाज निमार्ण कहिले हुन्छ ? “मैले यि सबै प्रकारको समस्या र विभेदको बिचमा पनि मेरी आमाको त्यो असमान शक्ति सम्बन्ध विरुद्धको लडाईलाई अहिले सम्झदा मैले देखेको पहिलो सामाजिक रुपान्तरणको अभियान्ता हुन मेरि आमा ” सरकारले ल्याएको संवृद्ध नेपाली सुखी नेपालीको नारा साकार पार्नको लागि के बाटो ,मन्दिर जस्ता भौतिक संरचना बनाएर मात्र सम्भब छ त ? यसको लागि समाजमा रहेको यो पृतिसत्तात्मक सोच त्यसको कारण सृजना भएको संरचनागत विभेद र असमान शक्ति सम्बन्धको विरुद्धमा काम गर्न पर्दैन र ? चुनावको समयमा विभिन्न राजनीतिक दल तथा नेताहरुले प्रकाशन गर्ने चुनावी धोषणा पत्रमा सामाजिक न्यायको बिषयलाई सम्बोधन गरिएको थियो त ? वा सरकारले सामाजिक रुपान्तरणको लागि कति काम ग¥यो भन्ने विषयमा समिक्षा गर्न आवश्यक छ ।

सरकारले आफनो ५ बर्षको कार्यकालको समिक्षा गरिरहदा समाजमा रहेको त्यो हानिकारक सामाजिक मुल्य मान्यतामा के कति कार्य भए भन्ने विषयमा समिक्षा गर्न आबश्यक छ ।

सरकारले त बाटो ,मन्दिर,पाटी आदि त बनायो तर सामाजिक रुपान्तरण के कति कार्य भए भन्ने बिषयमा पनि समिक्षा गर्न आवश्यक छ । र आगामी दिनहरुमा सामाजिक रुपान्तरणकोे लागि विभेदकारी संरचनात्मक विभेदको अन्त गर्न आबश्यक छ ।

यसको लागि तपाई हामी आफनो आफनो ठाँउबाट लाग्न र उठन आवश्यक छ र आवाज उठाई व्यहारिक परिवर्तनमा लाग्न आवश्यक छ । आउनुहोस् एक साथ लागौँ हरेक व्यतिको जिवन स्वतन्त्रता,समानता र मर्यादितसँंग बाँच्न पाउने व्यतिmको मानव अधिकारको लागि संम्वाद र कार्यन्यनको लागि ।

लेखक : हरिशरण धिताल
धुलिखेल नगरपालिका -११

7920
Shares

ट्रेन्डिङ